नेपाली सेनाको क्याप्टेन हुँ भन्दै ठगी गर्ने एक जना पक्राउ – Nepal Press

नेपाली सेनाको क्याप्टेन हुँ भन्दै ठगी गर्ने एक जना पक्राउ

काठमाडौं । आफूलाई नेपाली सेनाको क्याप्टेन बताएर ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ओखलढुङ्गा मानेभञ्ज्याङ ५ स्थायी घर भई हाल कास्की पोखरा १० अम्मरसिंहचोक बस्ने ३८ वर्षीय अर्जुन कटुवाल भन्ने धन बहादुर परियार हुन् ।

उनले म नेपाली सेनाको क्याप्टेन हुँ भन्दै विभिन्न व्यक्तिबाट रकम असुली गरिरहेका थिए ।

आफू अहिले मिसनका लागि विदेशमा रहेको भन्दै उनले सिंगापुर पुलिस, नेपाली सेनाको सेकेन्ड लेप्टेन र सिपाही पदमा नोकरी दिलाउने आश्वासन दिँदै फेसबुकबाट ठगी गर्दै आएका थिए । उनले तीन जनाबाट ९ लाख बढी ठगी गरेको पाइएको प्रहरीले जनाएको छ ।

उनले नेपाली सेनाको सहसेनानी अर्जुन कटुवालको नाममा बनाएको नक्कली परिचयपत्र बनाएको खुल्न आएको जिल्ला प्रशासन कार्यालय कास्कीले जनाएको छ ।

नेपाली सेनाको सहसेनानी पदको दर्ज्यानी चिन्ह र अर्जुन कटुवाल नामको चेस प्लेट लगाएको नेपाली सेनाले प्रयोग गर्ने चुस्ता १ सेट, हरियो ज्याकेट, बेल्ट, दाप सहितको खुकुरी, तुमलेट, सेनाको लोगो भएको गेम ड्रेस र ट्रायकसुट, विभिन्न व्यक्तिहरूको नामको उपसेनानी पदको उम्मेदवारहरूको फाराम, सिपाही पदको परिचय पत्र, खालि परिचयपत्रहरू र बा ८४ प ६९८८ नम्बरको मोटरसाइकलसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर