बुटवलमा मनमोहन स्मृति कप फुटबलमा प्रतियोगिता सुरु – Nepal Press

बुटवलमा मनमोहन स्मृति कप फुटबलमा प्रतियोगिता सुरु

रुपन्देही । बुटवलमा सोमबारदेखि १६ औ मनमोहन स्मृति रनिङ शिल्ड नकआउट फुटबल प्रतियोगिता २०७८ शुरु भएको छ ।

राष्ट्रिय युवा संघ नेपाल आयोजनामा तथा बुटवल उपमहानगरपालिकाको सहयोगमा प्रतियोगिता सुरु भएकाे हा ।

प्रतियोगिताको उद्घाटन गर्दै बुटवल उपमहानगरपालिकाका नगरप्रमुख शिवराज सुवेदीले खेलमार्फत युवालाई प्लेटफर्म दिने लक्ष्य रहेको बताए ।

कार्यक्रममा समाजसेवी तथा नेता गोपाल राना, नेकपा एमाले जिल्ला सदस्य यम पाण्डे, वडा नं ११ का वडासदस्य नकुल शाही, संघका उपाध्यक्ष जुनु अर्यालले नेपालका प्रथम कम्युनिस्ट प्रधानमन्त्री मनमोहनको स्मृतिमा प्रतियोगिता आयोजना सम्मानको प्रतीक भएको बताए ।

साेमबार सिद्धेश्वर खेलमैदानमा भएको उद्घाटन खेलमा वडा नं ११ विजयी हुँदै दोस्रो चरणमा प्रवेश गरेको छ । वडा नं १४ लाई ३–० गोल अन्तरले पराजित गर्दै वडा नं ११ विजयी भएको हो । वडा नं ११ को जितमा रंजित, बसन्त सुनार र सुरज मल्लले गोल गरे । खेलमा वडा नं. ११ का रन्जित थापा म्यान अफ दी म्याचबाट पुरस्कृत भए ।

प्रतियोगिताको उपाधि विजेताले नगद ६० हजार रुपैयाँ, कप, मेडल, प्रमाणपत्र तथा उपविजेता टिमलाई नगद ३० हजार रुपैयाँ, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने अध्यक्ष सुदर्शन खाम्चाले बताए । यसैगरी विद्यागत रुपमा समेत खेलाडीहरुलाई पुरस्कृत गरिने छ ।

कोभिड संक्रमणबाट हरेक क्षेत्र प्रभावित भएसंगै खेल क्षेत्र पनि शून्य रहेको उनले बताए । नियमीत प्रतियोगिता समेत ३ वर्षको अन्तरालमा आयोजना गर्न लागिएको उनले बताए । मंगलबारदेखि दैनिक दुई खेलहरु संचालन हुने प्रचारप्रसार संयोजक गणेश बोहराले बताए । प्रतियोगितामा बुटवल उपमहानगरका १९ वटै वडाले भाग लिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर