नेपालको खराब कीर्तिमान : यूएईसँग ९९ रनले पराजित – Nepal Press

नेपालको खराब कीर्तिमान : यूएईसँग ९९ रनले पराजित

काठमाडौं । ब्याटिङमा खराव प्रदर्शन गरेको नेपाल आइसिसी लिग–टु अन्तर्गत यूएईसँगको खेलमा भारी अन्तरले पराजित भएको छ ।
२ सय ३ रनको लक्ष्य पछ्याएको नेपाल ३५.१ ओभरमा १ सय ३ रनमा समेटिँदै ९९ रनकाे हार व्यहाेरेकाे हाे ।
नेपाल एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा यसअघि यति कम योगफलमा समेटिएको थिएन । सन् २०१९मा यूएई सँग भएको खेलमै नेपाली टोली १ सय १३ रनमा सीमित भएको थियो । जुन एकदिवसिय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको सबैभन्दा कम योगफल हो ।
दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस जितेर पहिला फिल्डिङ रोजेको नेपालले खेलको तीन ओभरमै शीर्ष क्रमका ब्याटर गुमाएको थियो ।
नेपालका लागि ज्ञानेन्द्र मल्लले सबै भन्दा धेरै ३० रनको योगदान गरे । आरिफ शेख १५ रन, विनोद भण्डारी १२ रन र सोमपाल कामी १५ बाहेक अन्य ब्याटरले दोहोरो रन बनाउन सकेनन् ।
यूएईको बलिङमा जुनाइद सिद्दिकले सर्वाधिक ४ विकेट लिए । कासिफ डाउड र अहमेद राजाले समान दुई विकेट लिए ।
यसअघि टस हारेर पहिला ब्याटिङ गरेको यूएईका लागि रोहन मुस्ताफाले ६० रनको उत्कृष्ट ईनिङ खेले ।
ओपनर मुहमद वासिम ३३ रन र चिराग सुरी २६ रन जोडेर पभेलियन फर्कँदा भिरित्या अर्विन्दले २४ रनको योगदान गरे । बासिल हमिद १७ रन जोडेर आउट भए । आसिन साराफु २१ रनमा आउट हुदा र जाहुर खान ९ रनमा अविजित रहे ।
नेपालको बलिङमा कप्तान सन्दीप लामिछानेले सर्वाधिक तीन विकेट लिए । सोम्पाल कामी २ तथा करण केसी , दिपेन्द्र सिंह ऐरी, आरिफ शेखले समान एक विकेट लिए ।
जितसँगै दोस्रो स्थानको यूएईले २२ अंक जोडेको छ । नेपाल १० अङ्कसहित छैटौँ स्थानमा छ ।
नेपालले खेलेका तीन खेल मध्य एक खेलमा मात्रै जित निकाल्न सफल भएको छ ।
पहिलो खेलमा पपुवा न्युगिनि (पीएनजी) लाई २ विकेछले हराएको नेपाल दोस्रो खेलमा पनि युएईसँग हारेको थियो ।
अन्तिम खेलमा मंगलबार नेपालले पीएनजीको सामना गर्दैछ ।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर