१८ अंकले बढ्यो नेप्से, साढे २ अर्बभन्दा बढी कारोबार – Nepal Press

१८ अंकले बढ्यो नेप्से, साढे २ अर्बभन्दा बढी कारोबार

काठमाडौं । आज नेप्से १८.०७ अंकले बढेको छ । ०.६९ प्रतिशतले बजार बढ्दा सेयर बजार परिसूचक २६३४.६५ अंकमा पुगेको छ ।

२ सय ३१ वटा कम्पनीको ५१ लाख ८९ हजार ८३ कित्ता सेयर किनबेचमा आज २ अर्ब ५९ करोड २७ लाख १८ हजार कारोबार भयो ।

आज सबैभन्दा धेरै नेपाल टेलिकमको २० करोड ९४ लाख ५७ हजार २ सयको सेयर खरिद-बिक्री भयो । भने, इमर्जिङ नेपाल लिमिटेडको ९.९८ प्रतिशत सेयर मूल्य वृद्धि भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *