रोहन मुस्ताफाको उत्कृष्ट प्रदर्शनमा यूएईले नेपाललाई दियो २०३ रनको लक्ष्य
काठमाडौं । आईसीसी पुरूष विश्वकप लिग-२ अन्तर्गत जारी खेलमा युनाइटेड अरब ईमिरेट्स (यूएई) ले नेपाललाई २०३ रनकोे लक्ष्य दिएको छ ।
टस हारेर पहिला ब्याटिङको निम्तो पाएको यूएईले निर्धारित ५० ओभरमा २ सय २ रनको योगफल तयार गरेको छ ।
यूएईका लागि रोहन मुस्ताफाले ६० रनको उत्कृष्ट ईनिङ खेले ।
ओपनर मुहमद वासिम ३३ रन र चिराग सुरी २६ रन जाेडेर पभेलियन फर्कदा भिरित्या अर्विन्दले २४ रनकाे याेगदान गरे । बासिल हमिद १७ रन जाेडेर आउट भए । आसिन साराफु २१ रनमा आउट हुदा र जाहुर खान ९ रनमा अविजित रहे ।
नेपालकाे बलिङमा कप्तान सन्दीप लामिछानेले सर्वाधिक तीन विकेट लिए । साेम्पाल कामी २ तथा करण केसी , दिपेन्द्र सिंह ऐरी, आरिफ शेखले समान एक विकेट लिए ।