ग्लोबल आइएमई बैंकको मुद्दती निक्षेप धितो कर्जा अब अनलाइन बाटै  – Nepal Press

ग्लोबल आइएमई बैंकको मुद्दती निक्षेप धितो कर्जा अब अनलाइन बाटै 

काठमाण्डौं । ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकहरुले अबदेखि मुद्दती निक्षेप धितोमा अनलाइनबाट नै कर्जा लिन सक्ने भएका छन् ।

बैङ्कले आफ्ना मुद्दती निक्षेपकर्ताहरुलाई लक्षित गरी उनीहरूको मुद्दती निक्षेप धितोमा अनलाइन माध्यमबाट नै कर्जा उपलब्ध गराउने सुविधा सुरु गरेको हो ।

यसका लागि बैङ्कका मुद्दती निक्षेपकर्ताहरुले ग्लोबल आइएमई बैंकको मोबाइल एप वा वेभ मार्फत मुद्दती निक्षेपको धितोमा अनलाइन कर्जा लिन सक्नेछन् । सो रकम आवेदकको बचत खातामा तत्काल जम्मा हुनेछ ।

यसमा कुनै पनि भौतिक कागजात आवश्यक पर्ने छैन । यस योजना अन्तर्गत बैंकबाट आफ्नो मुद्दती निक्षेपको ९० प्रतिशत वा बढीमा १० लाख रुपैयाँसम्म ऋण लिन सक्नेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *