भैँसीले घाँस खाएकाे  निहुँमा हसीँया प्रहार गर्दा गर्भवती महिला घाइते – Nepal Press

भैँसीले घाँस खाएकाे  निहुँमा हसीँया प्रहार गर्दा गर्भवती महिला घाइते

अछाम । अछाममा भैँसीले घाँस खाएकाे  निहुँमा छिमेकीले हँसीया प्रहार गर्दा एकजना महिला घाइते भएकी छन् । जिल्लाकाे  मेल्लेख गाउँपालिका-३ दर्बाकी ३५ वर्षीया गर्भवती रंगिदेवी बुढालाई स्थानीय अमृतादेवी बुढाले हँसिया प्रहार गर्दा रंगदेवी घाइते भएकी हुन्  ।

आफ्नो बारीमा भैँसीले घाँस खाएको विषयलाई लिएर विवाद हुँदा अमृताले हँसिया प्रहार गरेकाे बताइएकाे छ । हँसिया प्रहारबाट रंगदेवीको नाक, मुख र टाउकोमा चोट लागेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

घाइतेको बयालपाटा अस्पतालमा उपचार भइरहेको छ ।   हँसिया प्रहारबाट घाइते भएकी  महिला गर्भवती महिला भएकाे बताइएकाे छ ।

अमृता पक्राउ परेकी र घटनाका विषायमा थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर