‘मन्त्र’ को ट्रेलर सार्वजनिक, चलचित्र वैशाख १६ बाट प्रदर्शन हुने – Nepal Press

‘मन्त्र’ को ट्रेलर सार्वजनिक, चलचित्र वैशाख १६ बाट प्रदर्शन हुने

काठमाडौं । सौगात मल्ल, बुद्धि तामाङ र दिया पुन स्टारर चलचित्र ‘मन्त्र’को ट्रेलर सार्वजनिक गरिएको छ ।

गोर्खा सिरानचोक एण्ड लिगलिग कोट फिल्मस् प्रा. लि. को ब्यानरमा डिभाइन इन्टरटेन्टमेन्ट र डि. एस प्रोडक्सनको सहकार्यमा चलचित्र निर्माण भएको हो ।

खिल बहादुर गुरुङले गरेका सो चलचित्र २०७९ साल वैशाख १६ गते बाट देश भरी प्रदर्शनमा आउनेछ ।

हिमाली भेगको सुन्दर दृश्यहरु कैद गरिएको चलचित्र करिब ५१०० मिटर भन्दा माथिको उचाइ मनास्लु हिमालको बेस क्यामसम्म पुगेर छायाङ्कन गरिएको निर्देशक गुरुङले बताए ।

चलचित्र ट्रेलरले दर्शकलाई एक पटक हल सम्म तान्नेमा गुरुङ विश्वस्त छन् ।

अभिनेता सौगात मल्लले आफूले काम गरेको पछिल्लो चलचित्रहरू मध्येमा ‘मन्त्र’ आफूलाई एक दम मन परेको चलचित्र हो सौगातले भने ।

चलचित्र गोरखाको मनास्लु क्षेत्र आसपासको कथावस्तुलाई आधार बनाएर निर्माण गरिएको छ । गोर्खा जिल्लाको चुमनुब्री सामा गाउँ,वीरेन्द्र ताल र पुङ्गिन गुम्बा लगायतका रमणीय दृश्यहरु कैद गरिएको छ ।

मनास्लु क्षेत्रमा पहिलो पटक छायाङ्कन गरिएको चलचित्रका दृश्यहरूले दर्शकको मन जित्नेमा निर्माण पक्ष ढुक्क छ ।

यस चलचित्र मार्फत सौगात र दियाले पहिलो पटक स्क्रिन शेयर गरेका छन् । चलचित्रमा नमिता घिसिङ्ग, वीरबहादुर लामा, पासाङ्ग टि शेर्पाको पनि मुख्य भूमिका रहेको छ ।

देवेन्द्र मानन्धर कार्यकारी निर्माता रहेको ‘मन्त्र’मा रविराज कार्की,सुरेश कार्की र सुभ श्रेष्ठको लगानी रहेको छ ।

राजेश जंगको सह निर्देशन रहेको चलचित्रमा सह निर्माताको रूपमा भिमसेन केसी र बिसेष सहयोगी अमृत थापा रहेका छन् ।

चलचित्रको डिजीटल राइट्स एट के एभरेस्ट मोसन पिक्चर्सले लिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *