विमल सिटौलाको उपन्यास ‘निर्दोष डेरावाल’ बजारमा – Nepal Press

विमल सिटौलाको उपन्यास ‘निर्दोष डेरावाल’ बजारमा

काठमाडौं । विमल सिटौलाको उपन्यास ‘निर्दोष डेरावाल’ विमोचन भएको छ । शनिवार त्रिभुवन विश्वविद्यालयमा पुस्तकको विमोचन गरिएको हो ।
पुस्तकको वरिष्ठ साहित्यकारद्वय पूर्व प्रा. डा. गोविन्दराज भट्टराई, अञ्जना वस्ती भट्टराई, साहित्यकार तथा शिक्षाविद् डा. सुरेन्द्र सिटौला, समालोचक साधना प्रतीक्षा र महेश पौडेललगायतले संयुक्त रूपमा विमोचन गरेका हुन् ।
पुस्तक विमोचनपछि पूर्व प्रा. डा. भट्टराईले विश्वविद्यालयमा लामो समयपछि एक विलक्षण प्रतिभा भएको हस्तीको जन्मभएको बताए ।
उनले मुग्लान उपन्यास निकाल्दा आफू २१ वर्षको ठिटो भएको स्मरण गर्दै लेखकले यो उमेरमा यति सशक्त कृति निकालेकोमा हर्षले विभोर भएको बताए ।
करिब ४८ वर्षपछि क्याम्पसमा उदाएको लेखकमा प्रचुर कल्पनाशिलता भएको उनको भनाइ थियो ।
समालोक महेश पौडेलले उपन्यास एउटा तिलस्मी भएको ठहर गरे । समाजमा बदनाम भइसकेपछि त्यसबाट कसरी छुटकारा पाउने भन्ने प्रश्न उपन्यासले गरेको उनले बताए ।
समीक्षक साधना प्रतीक्षाले बौद्धिक चोरीमा आफ्नो पीडा व्यक्त गर्न नसकेका आम बौद्धिक वर्गको पीडालाई उपन्यासले उतारेको बताइन् ।
त्यस्तै, अञ्जना वस्ती भट्टराईले लेखकमा गोविन्दराज भट्टराईको अनुहार देखेको धारणा राखिन् । साहित्यकार तथा शिक्षाविद् सुरेन्द्र सिटौलाले एक सशक्त लेखकको जन्म भएकोमा बधाई दिए ।
लेखक विमल सिटौलाले विश्वविद्यालयमा एक सेमेस्टरको अवलोकन र अनुभवपश्चात् यो उपन्यास लेख्न सुरु गरेको बताए । आफू जापनिज राइटर हारुकी मुराकामीको लेखनबाट प्रभावित भएको उनको भनाइ छ ।
पैरवी बुक हाउसले बजारमा ल्याएको उपन्यासको मूल्य ३७५ रुपैयाँ रहेको छ ।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *