व्याजदर बढ्यो भनेर विरोध गरिरहेका छन्, यसलाई सुधार गरौंः अर्थमन्त्री शर्मा – Nepal Press

व्याजदर बढ्यो भनेर विरोध गरिरहेका छन्, यसलाई सुधार गरौंः अर्थमन्त्री शर्मा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले ब्याजदर बढ्यो भनेर व्यवसायीले विरोध गरिरहेकाे अवस्थामा यसलाई सुधार गर्नु पर्ने बताएका छन्  । निजी क्षेत्रले व्याजदर धेरै माथि पुगेको भनेर घटाउन दवाब दिदै आइरहेकाे अवस्थामा उनले यस्ताे बताएका हुन् ।

चालु आर्थिक वर्ष ०७८/७९ को दोस्रो त्रैमासिक कार्यक्रममा पनि अर्थमन्त्री शर्माले बैंकको बढ्दो ब्याजदरप्रति चिन्ता प्रकट गर्दै भने, ‘बैंकिङ क्षेत्र र व्यवसाय एकै ठाउँमा हुन्छ । अहिले ब्याजदर बढ्यो भनेर व्यवसायीले विरोध गरिरहेका छन् । यसलाई समाधान गर्ने की हामीले यस्तै चलाइरहने हो भन्ने कुरामा राष्ट्र बैंकले ध्यान दियोस् ।’

कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री जनादर्न शर्माले नीति निर्माणमार्फत अर्थतन्त्रमा सुधार गर्न र पुँजी निर्माणमा ध्यान दिन निर्देशन दिएका थिए । ‘हामी आफैंले बनाएको नियम, कानूनले आफैंलाई बाँध्ने काम गरिरहेका छौं । नियम र बिनियम संशोधन गरेर कार्य प्रकृति अनुकुल बनाउनस्’ उनले भने ।

समिक्षा कार्यक्रममा राष्ट्र बैंकले मूल्यवृद्धिको वार्षिक लक्ष्य ६.५ प्रतिशत रहेको र माघ मसान्तसम्म ५.९७ प्रतिशत रही वाञ्छित सीमा भित्रै रहेको जानकारी दिएका थिए । अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धि थप चर्किदै गएकाले नेपाली बजारमा यसको नियमनका उपायबारे सोच्न मन्त्री शर्माले सल्लाह दिएका छन् ।

कार्यक्रममा योजना आयोगका उपाध्यक्ष विश्व पौडेलले बिदेशी मुद्राको चाप बढेको भन्दै समाधानका लागि ध्यान दिनुपर्ने बताए । यस्तै, राजस्व सचिव कृष्णहरी पुस्करले जनतालाई आभाष हुने गरी सेवा दिनुपर्ने बताएका छन् ।

सो अवसरमा अर्थमन्त्रालय मातहतमा रहेका निकायहरुले लक्ष्य अनुसार अधिकांश काम सम्पन्न भएको  जानकारी दिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *