भुपेन्द्र थापामगर बने नेपाल आइडल सिजन- ४ को विजेता – Nepal Press

भुपेन्द्र थापामगर बने नेपाल आइडल सिजन- ४ को विजेता

काठमाडौं । नेपाल आइडल सिजन- ४ को उपाधी भुपेन्द्र थापामगरले जितेका छन् ।
आज भएको फिनालेमा थापामगरले सर्वाधिक भोट ल्याउदै आइडलको उपाधी जितेका हुन् ।

उनले ३० लाख नगदसँगै ट्रफी उचाल्दा फस्ट रनरअप झापाका नाम्गेल तामाङ भए। उनले ५ लाख नगद र ट्रफी हात पारे ।

यस्तै सेकेन्ड रनरअप रामेछापका रञ्चित नेपाली भएका छन् । उनले ३ लाख नगद प्राप्त गरे ।

यस्तै झापाका विश्वास उप्रेती र मोरङकी लक्ष्मी पौडेल क्रमशः चौथो र पाँचौं भए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *