‘पीर’ को किर्तिमानः एक हप्तामै करोड भ्यूज – Nepal Press

‘पीर’ को किर्तिमानः एक हप्तामै करोड भ्यूज

काठमाडौं । अत्यधिक चर्चा र विवादसँगै गायक प्रकाश सपुतको पछिल्लो गीत ‘पीर’ ले युट्यूवमा किर्तिमानी भ्यूज बटुलेको छ । छोटो समयमा एक करोड पटक हेरिएको नेपाली गीतको रुपमा पीरले किर्तिमान राखेको हो ।

गत शुक्रबार मात्रै युट्यूवमा अपलोड गरिएको गीत सात दिनकै अन्तरालमा करोड क्लवमा प्रवेश गरेको छ । यसअघि छिटो करोड क्लवमा पुगेको नेपाली गीतको किर्तिमान विष्णु माझीले गएको ‘चरी जेलैमा’ को नाममा थियो । उक्त गीतले १२ दिनमा करोड भ्यूज कटाएको थियो । तर, पीरले अविश्वसनीय रुपमा त्योभन्दा ५ दिन चाँडो यो सफलता हासिल गरेको हो ।

अपलोड भएको भोलीपल्टै युट्यूवको नेपाल टे«ेन्डिङमा शीर्षस्थान ओगटेको पीर अहिले पनि डग्मगाएको छैन । अहिले पनि एक नम्बर ट्रेन्डिङमा कायम रहेको गीतमा कमेन्टको पनि वर्षा भइरहेको छ । अहिलेसम्म करिब ४० हजार कमेन्ट गीतमा आइसकेका छन् । यस्तै, गीतले एक हप्तामा पाँच लाखभन्दा बढी लाइक्स पाएको छ । यो पनि आफैंमा अभूतपुर्व हो ।

प्रकाश सपुत रचना, संगीत र स्वर दिएको गीत भिडियोका कारण अत्यधिक चर्चा र विवादमा आएको छ । गीतको भिडियोमा माओवादी जनयुद्धले सिर्जना गरेको दुरावस्थालाई चित्रित गरिएको छ ।

माओवादी कार्यकर्ताले जनयुद्धलाई विद्रुपीकरण गरेको भनेर गीतको विरोध गरेका छन् । दर्शक÷स्रोतले भने गीत अत्यधिक रुचाएका छन् । टिकटकमा पनि यो गीत भाइरल छ ।

प्रतिक्रिया

One thought on “‘पीर’ को किर्तिमानः एक हप्तामै करोड भ्यूज

  1. याे लाईक, डाउनलाेड प्रचण्ड र उनका कम्पनिका मान्छेहरूले सामान्य माओवादी कार्यकर्तामाथि गरेकाे अत्याचारकाे विराेधमा हाे । तिनले देशमाथि गरेकाे गद्दारीकाे विराेधमा हाे । यसले चुनावमा माओवादीकाे हालत देखाईदिनेवाला छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *