अर्थमन्त्रीको आश्वासन- बैंकको व्याजदर नियन्त्रण गर्न पहल थालेको छु – Nepal Press

अर्थमन्त्रीको आश्वासन- बैंकको व्याजदर नियन्त्रण गर्न पहल थालेको छु

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले बैंकको व्याजदर नियन्त्रणका लागि छलफल थालेको बताएका छन् । बढ्दो ब्याजदरप्रति व्यवसायीले गुनासो गर्न थालेपछि उनले उक्त आश्वासन दिएका हुन् ।

ललितपुर उद्योग वाणिज्य संघको ५५औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शर्माले व्यवसायीको मागअनुसार व्याजदर निर्धारणका लागि पहल थालेको बताए ।

‘बैंकले आफुखुसी व्याजदर निर्धारण गर्ने प्रचलन छ । अर्थतन्त्रमा असर नपर्ने गरी बैंकको ब्याजदर सीमा निर्धारण भइ व्यवसायी अनुकूल हुनुपर्छ भनेर छलफल थालेको छु’ उनले भने, ‘राष्ट्र बैंकलाई उत्पादनमूलक क्षेत्रको कर्जाको बेसरेट २ प्रतिशत भन्दा बढी राख्न हुँदैन पनि भनेको छु ।’ उनले चाँडै बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिसँग थप छलफल गर्ने बताए ।

उनले अन्तर्राष्ट्रिय बजारमा बढेको मूल्य श्रृंखलाका कारण मुलुकको शोधानान्तर स्थिति चिन्ताजनक अवस्थामा पुगेको बताउँदै बिस्तारै सुधार भइरहेको बताए ।

४७ वस्तुको आयातमा शतप्रतिशत मार्जिन लगाएपछि कूल आयात घट्न थालेको र यसले अर्थतन्त्रमा सुधार आउने मन्त्री शर्माको भनाइ थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *