सलमानले साउथ फिल्म खेल्ने, पारिश्रमिक नलिने – Nepal Press

सलमानले साउथ फिल्म खेल्ने, पारिश्रमिक नलिने

मुम्बई । बलिउड सुपरस्टार सलमान खानले साउथ चलचित्र ‘गडफादरमा’ काम गर्ने भएका छन् ।

उनी तेलुगु सुपरस्टार चिरञ्जीवीसँग विशेष केमियो भूमिकामा देखिदैँछन् ।

सलमान र चिरञ्जीवीकाे घनिष्ट मित्रता छ । जसका कारण सलमान उनीसँग फिल्ममा काम गर्न तयार भएका हुन् ।

सलमानले ‘गडफादर’मा आफ्नो क्यामियोको सुटिङ सुरु गरिसकेका छन् । र यसका लागि सलमानले फिल्ममा काम गर्न एक पैसा पनि पारिश्रमिक नलिने भएका छन् ।

चिरञ्जीवीसँग सलमानको मित्रतालाई लिएर अहिले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुमा चर्चा भइरहेको छ ।

चिरञ्जीवीको गडफादरमा २० मिनेटको भूमिकाका लागि सलमान खानले २० करोड रुपैयाँ अस्वीकार गरेका छन् ।

फिल्मको नजिकको स्रोतले भने, ‘द गडफादरमा विशेष क्यामियोका लागि चिरञ्जीवीका निर्माताहरूले सलमानलाई १५ देखि २० करोड रुपैयाँ तोकेका थिए । तर सलमानले यसलाई लिन मानेनन् ।’

सलमानले आफूलाई पारिश्रमिक दिए फिल्ममा कामै नगर्ने अडान समेत लिएका छन् ।

सलमानले चिरञ्जीवीलाई यदि मैले तिमीलाई मेरो फिल्ममा केमियो गर्न भने भने त्यसको शुल्क लिन्छौँ ? भनेर प्रश्न गरे । सलमानको यो प्रश्नले चिरञ्जीवी मौन भएका थिए ।

‘गडफादर’ फिल्मका लागि सलमानले एक साता मुम्बईमा सुटिङ गर्नेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *