यूएईले नेपाललाई दियो १६९ रनको लक्ष्य, सोमपालले लिए ४ विकेट – Nepal Press

यूएईले नेपाललाई दियो १६९ रनको लक्ष्य, सोमपालले लिए ४ विकेट

काठमाडौं । आईसीसी विश्वकप लिग-२ अन्तर्गत यूएईमा जारी त्रिकोणात्मक एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले घरेलु टोलीबाट १६९ रनको लक्ष्य पाएको छ ।

टस जितेर ब्याटिङ थालेको यूएईले ४६ ओभर ३ बलमा सबै विकेट गुमाएर एक सय ६८ रन जोड्यो । नेपालका सोमपाल कामीले चार र करन केसीले ३ विकेट लिए । सागर ढकाल, सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले एक-एक विकेट हात पारे ।

सोमपालले नेपाललाई उत्कृष्ट सुरुवात दिलाएका थिए । उनले शीर्ष तीन ब्याट्सम्यानलाई आउट गरेपछि यूएई ३५-४ को स्थितिमा पुगेको थियो ।

तर रोहन मुस्ताफा र चुन्दनगापोइलले पाचौँ विकेटका लागि अर्सधतकीय साझेदारी गरे । उनीहरुबीच ७७ रनको साझेदारी भएको थियो ।मुस्ताफा र रिजवान दुवैले ४०/४० रन बनाए । माथिल्लोक्रमका मोहम्मद वासिम २१, चिराग सुरी ६ र विकेटकिपर भित्र्या अरविन्द ३ रनमा आउट भए ।

पहिलो विकेटका लागि १९ रनको साझेदारी गरेको यूएई त्यसपछि लगातार दबाबमा आएको थियो । सन्दीपले १० ओभरमा एक मेडन राख्दै ३० रन खर्चिए ।

सोमपालले ९ ओभरमा ३९ रन खर्चिँ चार विकेट लिए । करनले ७ ओभर ३ बलमा एक मेडन राख्दै १६ रन दिए ।

यसअघि पहिलो खेलमा नेपालले पपुआ न्युगिनीलाई २ विकेटले हराएको थियो ।

विश्वकप लिग-२ मा ९ खेलबाट १० अंक जोडेको नेपाल सात टोली सहभागी टोलीमध्ये छैटौँ स्थानमा रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर