सोमपालको घातक बलिङ, यूएईका शीर्ष तीन ब्याट्सम्यान आउट – Nepal Press

सोमपालको घातक बलिङ, यूएईका शीर्ष तीन ब्याट्सम्यान आउट

काठमाडौँ । आईसीसी विश्वकप लिग–२ अन्तर्गत यूएईमा जारी त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट श्रृंखलाअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले घरेलु टोलीविरुद्ध बलियो बलिङ सुरुवात गरेको छ।

टस जितेर ब्याटिङ थालेको यूएईले १० ओभरमा ३ विकेट गुमाएर ३५ रन जोडेको छ। तीनवटै विकेट सोमपाल कामीले लिएका हुन्। मोहम्मद वासिम २१, चिराग सुरी ६ र विकेटकिपर भित्र्या अरविन्द ३ रनमा आउट भए।

पहिलो विकेटका लागि १९ रनको साझेदारी गरेको यूएई त्यसपछि लगातार दबाबमा आएको हो। सोमपालले ५ ओभरमा १४ रन खर्चिएका छन्। यसअघि पहिलो खेलमा नेपालले पपुआ न्युगिनीलाई २ विकेटले हराएको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर