यूएईविरुद्ध टस हारेर फिल्डिङ गर्दै नेपाल, विनोदको ठाउँमा कमल – Nepal Press
आईसीसी पुरुष विश्वकप लिग-२

यूएईविरुद्ध टस हारेर फिल्डिङ गर्दै नेपाल, विनोदको ठाउँमा कमल

काठमाडौं । आईसीसी पुरुष विश्वकप लिग-२ अन्तर्गत त्रिदेशीय सिरिजको आफ्नो दोस्रो खेलमा युनाइटेड अरब इमिरेट्स (यूएई) विरुद्ध नेपालले टस हारेर पहिला फिल्डिङ गर्ने भएको छ ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा केहिबेरमा सुरू हुने खेलका लागि नेपालले टोलीमा एक मात्र परिवर्तन गरेको छ । विनोद भण्डारीलाई बेन्चमा राख्दै कमलसिंह ऐरी टोलीमा समेटिएका छन् ।

पहिलो खेलमा पपुवा न्युगिनी (पीएनजी) लाई दुई विकेटले पाजित गरेको नेपाल यूएईलाई हराउँदै लगातार दोस्रो जित निकाल्ने रणनीतिमा मैदान उत्रिनेछ ।

तेस्रो खेलमा नेपालले सोमबार यूएईसँग प्रतिस्पर्धा गर्नेछ ।

नेपाललको प्लेइङ ११-

सन्दीप लामिछाने, ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आरिफ शेख, आसिफ शेख, सागर ढकाल, करण केसी, कमल सिंह ऐरी, रोहितकुमार पौडेल, सोमपाल कामी ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर