सिटिजन्स बैंकले १५ औं वार्षिकोत्सवमा ल्यायो यस्ता योजना – Nepal Press

सिटिजन्स बैंकले १५ औं वार्षिकोत्सवमा ल्यायो यस्ता योजना

काठमाडौं । डिजिटल बैंकिङ्गलाई प्राथमिकतामा राख्दै आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो १५औं वार्षिकोत्सवमा आकर्षक योजनाहरु सार्वजनिक गरेको छ ।

वैशाख ७ गतेको १५औं वार्षिकोत्सवलाई ध्यानमा राखेर बैंकले यहि चैत्र ७ गते देखि वैशाख ७ गतेसम्म १ महिनाको लागि लागू हुनेगरी विभिन्न सेवा सुविधामा भारी छुट र क्यासब्यक, लगायतका योजनाहरु सार्वजनिक गरेको हो ।

सो योजनाअन्तर्गत डेविट/क्रेडिट कार्ड प्रयोगकर्ताहरुले पस मेसिन र अनलाइन मार्फत १ हजार वा बढीको कारोबार गर्दा एक मुष्ठ २ सय क्यासब्याक दिइने छ । यसैगरी पहिलो पटक क्यू आर कोडमार्फत भुक्तानी गर्ने ग्राहकहरुको लागि १ सयको क्यासब्याक प्रदान गरिने व्यवस्था गरिएको छ ।

डिजिटल भुक्तानीको अर्को माध्ययम इ कम कार्डको प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ बैंकले योजना अवधी भरमा इ कम कार्ड लिन चाहानुहुने ग्राहक महानुभावहरुलाई सो कार्ड निःशुल्क रुपमा उपलब्ध गराउने छ । त्यस्तै, ५ लाखसम्मको दुर्घटना मृत्यु बीमा तथा ५० लाखसम्मको स्वास्थ्य बीमा सुविधासहितको सिटिजन्स संरक्षित बचत खाता खोल्दा बचतकर्ताहरुको लागि निःशुल्क डेविट कार्ड, मोबाइल÷ इन्टरनेट बैंकिङ्ग, डिम्याट खाता प्रदान गर्नुका साथै देशभरका कुनै पनि बैकको एटीएमबाट निः शुल्क रकम निकाल्न सकिने व्यवस्था समेत गरेको छ ।

आफ्नो बैंक खाताको विवरण हेर्ने, बैंक खाताको स्टेटमेन्ट प्रिन्ट गर्ने, क्लियरिङ्ग चेक डिपोजिट गर्ने, एटीएम तथा बैंकका शाखाको विवरणहरु प्राप्त गर्ने जस्ता सेवा बैकका कर्मचारीको सहयोग बिना नै प्राप्त गर्न सकिने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *