एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा रोहितको चौथो अर्धसतक, नेपाललाई सम्हाल्दै – Nepal Press

एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा रोहितको चौथो अर्धसतक, नेपाललाई सम्हाल्दै

काठमाडौं । एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा रोहित पौडेलले चौथो अर्धसतक बनाएका छन् ।

विश्वकप लिग-२ अन्तर्गत यूएईमा जारी त्रिकोणात्मक शृंखलाअन्तर्गत बुधबार पपुआ न्युगिनीविरुद्ध भइरहेको खेलमा रोहित अर्धसतक बनाएर खेल्दै छन् । उनी ५० रनमा अविजित छन् ।

उनले पाचौँ विकेटका लागि आरिफ शेखसँग ७७ रनको साझेदारी गरिसकेका छन् । २ सय ५ रनको लक्ष्य पछ्याइरहेको नेपालले ३२ ओभरमा ४ विकेट गुमाएर एक सय १९ रन जोडेको छ ।

नेपालले ४२ रन जोड्दा ४ विकेट गुमाएको अवस्थामा रोहितले आरिफसँग महत्वपूर्ण साझेदारी गरेका हुन् । आरिफ २९ रनमा खेल्दै छन् ।

रोहितले एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक ४ अर्धसतक बनाउने ज्ञानेन्द्र मल्लको कीर्तिमान पनि बराबरी गरेका छन् ।

नेपाली ब्याट्सम्यानका रुपमा रोहित र ज्ञानेन्द्रको नाममा अब ४र४ अर्धसतक भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर