श्वेतकाली अजिमा देवीनाच पर्व सुरु (भिडिओ) – Nepal Press

श्वेतकाली अजिमा देवीनाच पर्व सुरु (भिडिओ)

काठमाडौं । १२ वर्षे नरदेवी श्री श्वेतकाली अजिमा देवीनाच पर्व सुरु भएको छ । देवीनाच पर्वका अवसरमा बुधबार स्वयम्भु स्थित महाचैत्य वनबाट मूठाँ (लिङ्गो) ल्याइएको छ ।

हरेक १२ वर्षमा श्रीको विशेष देवीनाच पर्व मनाउने परम्परा रहेको जस अनुसार पाहांचंहरेको पर्वसध्यामा प्राचिन भित्रि शहरको देवी मार्ग अन्तर्गत मुलदेवीघरबाट आरम्भ भइ नरदेवी-असन-हनुमानढोका-जैशिदेवल-भिमसेनस्थान-मरु हुँदै पुनः देवीको मूलदेवीधरमा फिर्ता भएपपछि नरदेवी डबलीमा १२ बर्षे देवीनाच पर्व अन्तर्गतको पहिलो देवीनाच प्रदर्शन गरिन्छ ।

काठमाडौंका विभिन्न प्राचिन डबलीका साथै मल्लकालिन राज्यहरु ललितपर, किर्तिपुर, भक्तपुर, बनेपाका प्राचिन दरवारस्थित मल उपलीहरु समेत विभिन्न १२ स्थानहरुमा यो देवीनाच प्रदर्शन गर्नपर्ने परम्परा रहेको छ जुन प्रारम्भ भएको मितिले १२ वर्ष भित्र सम्पन्न गर्नु पर्ने मान्यता रहिआएको चलन छ ।

नरदेवीको स्थापना गणकामदेवको पालामा भएको अनुमान गरिएको छ भने श्रीको देवीनाच पर्व अमर मल्लको पालामा शुभारम्भ भएको देखिन्छ । यसरी श्रीका देवीनाच लगायत गुठीगहनाहरु परापूर्वकालदेखिनै राष्ट्रबाट संरक्षित रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *