सेयर बजार ३ देखि गिरावट, आज १९.६५ अंक घट्यो – Nepal Press

सेयर बजार ३ देखि गिरावट, आज १९.६५ अंक घट्यो

काठमाडौं । ३ दिनदेखि निरन्तर घटिरहेको नेप्से परिसूचक आज १९.६५ अंकले घटेको छ । ०.७४ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २६३१ बिन्दुमा आएको छ ।

२ सय ३१ वटा कम्पनीको ४९ लाख ६७ हजार ४ सय ७१ कित्ता सेयर किनबेच हुँदा आज २ अर्ब ५७ करोड ४ लाख १ हजारको कारोबार भयो ।

आज सबैभन्दा धेरै नेपाल दूरसञ्चार कम्पनीको १६ करोड ३६ लाख १ हजार ७ सय रुपैयाँको कारोबार भयो । इमर्जिङ नेपाल लिमिटेडको सेयर मूल्य सबैभन्दा बढी सो कम्पनीको आज ९.९८ प्रतिशत वृद्धि भएको छ ।

हिजो मंगलबार १७.१५ अंकले बजार घट्दा ३ अर्ब ३६ करोड ४२ लाख २९ हजार १ सय ७५ रूपैयाँ बराबरको कारोबार भएको थियो ।

भदौमा उच्च बिन्दु, साउनमा उच्च कारोबार

गत भदौ ३ गते विहीबार हालसम्मकै उच्च बिन्दु ३१९८.६० अंकमा पुगेको बजारमा त्यसपछिका दिनमा उतारचढाव आइरहेको छ । साउन ३१ गते हालसम्मकै उच्च २१ अर्ब ६३ करोड ७६ लाख ६ सय ६५ कारोबार भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *