एनएसजेएफ अवार्डलाई नबिलको साथ – Nepal Press

एनएसजेएफ अवार्डलाई नबिलको साथ

काठमाडौं । नेपाली खेलकुद क्षेत्रको प्रतिष्ठित ‘एनएसजेएफ-पल्सर स्पोर्ट्स अवार्ड-२०७७’ दशकका लागि आयोजक नेपाल खेलकुद पत्रकार मञ्चले नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेडसँग सह-प्रायोजन सम्झौता गरेको छ ।

मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदी (देवेन्द्र) र नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेडका प्रमुख मनोहर कँडेलले सह-प्रायोजनसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरे । १८ औं संस्करणको पल्सर स्पोर्टस अवार्ड आउँदो चैत ८ गते कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजना हुनेछ ।

सह-प्रायोजक बनेबापत नबिलले अवार्डलाई लगानी ब्यवस्थापक पार्टनरको रूपमा आर्थिक सहयोग गर्नेछ ।

सम्झौता कार्यक्रममा नबिलका प्रमुख कँडेलले खेलकुदको प्रतिष्ठित कार्यक्रममा आफ्नो संस्था जोडिन पाएकोमा खुशी व्यक्त गर्दै खेलकुदका लागि सहयोग गर्न आफू पछि नपर्ने बताए ।

मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदीले चर्चित संस्था नबिललाई अवार्डको सहयोगीको रुपमा पाउनु खुसीको क्षण भएको बताए ।

स्पोर्ट्स अवार्डअन्तर्गत पिपल्स च्वाइस विधाको मनोनयन सार्वजनिक भइसकेको छ । मनोनयनमा सन्तोषी श्रेष्ठ (एथलेटिक्स), एन्जिला तुम्बापो सुब्बा (फुटबल), एलिना महर्जन (टेबलटेनिस), र कुशल भुर्तेल (क्रिकेट) र प्रिन्स दाहाल (ब्याडमिन्टन) रहेका छन् । अन्य विधाका विजेता कार्यक्रमकै दिन घोषणा हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *