निर्देशन नमान्ने यी १४ वाणिज्य बैंकलाई राष्ट्र बैंकले गर्‍यो कारबाही (सूचीसहित) – Nepal Press

निर्देशन नमान्ने यी १४ वाणिज्य बैंकलाई राष्ट्र बैंकले गर्‍यो कारबाही (सूचीसहित)

काठमाडौँ । नेपाल राष्ट्र बैंकले साउनयता १४ वटा वाणिज्य बैंकलाई कारबाही गरेको छ । बैंकिङ निर्देशन नमानेकाले ती बैंकलाई कारबाही गरिएको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकको सुपरिवेक्षण विभागले पहिलो त्रेमासमा कुनै बैंक कारबाहीमा नपरेको भन्दै निर्देशन अटेर गर्ने ती बैंकहरू दोस्रो त्रैमासमा कारबाहीमा परेको जनाएको छ ।

राष्ट्र बैंकका अनुसार कारबाहीमा परेका अधिकांश बैंकहरूले ब्याजदर नीति उल्लंघन गरेका छन् । संस्थागत मुद्दती निक्षेपमा तोकिएको भन्दा बढी ब्याज लिएकाले नेपाल बैंकलाई सचेत गराएको छ ।

प्रभु बैंकलाई तोकिएको अनिवार्य नगद मौज्दात कायम नगरेकोले कारबाही गरिएको छ ।

हिमालयन, नेपाल एसबीआई, एनसीसी, नेपाल बंगलादेश, सिटिजन्स, सनराइज, मेगा, सेन्चुरी बैंक, राष्ट्रिय वाणिज्य बैंक, नबिल, स्ट्याण्डर्ड चार्टर्ड, नेपाल बैंक र एनएमबी बैंक ब्याजदर नीति उल्लंघन गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *