महालक्ष्मी विकास बैंकले बैतडीको विद्यालयलाई हस्तान्तरण गर्‍याे खेलकुद सामाग्री – Nepal Press

महालक्ष्मी विकास बैंकले बैतडीको विद्यालयलाई हस्तान्तरण गर्‍याे खेलकुद सामाग्री

काठमाडौं । महालक्ष्मी बिकास बैक लिमिटेडले बैतडीको पाटन शाखाले पाटन ̵ ४ स्थित भुमेश्वर माध्यमिक विद्यालयलाई खेलकुद सामाग्री हस्तान्तरण गरेको गरेको छ ।

विद्यालयको प्राङ्गरणमा आयोजित एक कार्यक्रमका बीच उक्त खेलकुदका सामाग्रीहरु हस्तान्तरण गरिएको हो । यस क्षेत्रले भलिबल खेलमा खेलाडीहरु उत्पादन गरिसकेकाले खेलकुद विकासमा सहयोग पुगोस भन्ने उद्देश्यले खेलकुदका सामाग्रीहरु हस्तान्तरण गरिएको पाटनका शाखा प्रबन्धक बिजय शाहले बताए ।

बैंककोसहयोगबाट विद्यार्थीहरु निकै उत्साहिल भएको र खेलकुद विकासकालागी महालक्ष्मी विकास बैंकले गरेको सहयोगप्रती विद्यालयका प्रधानाध्यापक बिरेन्द« बहादुर चन्दले धन्यवाद ज्ञापन गरे ।

संस्थागत सामाजिक उत्तरदायित्वको कार्यक्रमलाई थप प्रभावकारी बनाउने उद्देश्यले बैंकले ‘एक शाखा, एक सामाजिक उत्तरदायित्व’ कार्यक्रम संचालन गर्दै आएको छ ।

यस बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णली प्रदेशमा २ र सुदुरपश्चिम प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखाहरु मार्फत करिब ६ लाख ग्राहकहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *