म्यान्चेस्टर युनाइटेडलाई हराउँदै एट्लेटिको च्याम्पियन्स लिगको क्वाटरफाइनलमा – Nepal Press

म्यान्चेस्टर युनाइटेडलाई हराउँदै एट्लेटिको च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

काठमाडौं । इङलिस क्लब म्यान्चेस्टर युनाइटेलाई लिगको दोस्रो लेगमा १–० गोल अन्तरले हराउँदै स्पेनिस क्लब एट्लेटिको मड्रिड क्वाटरफाइनल प्रवेश गरेको छ ।

युनाइटेडको घरेलु मैदान ओल्ड ट्राफोडमा भएको खेलमा एट्लेटिकोलाई जित दिलाउन रेनान लोडीले खेलको ४१औं मिनेटमा गोल गरेका थिए ।  पहिलो लेग १–१ को बराबरीमा सकिएको थियो । समग्रमा २–१को जित निकाल्दै एट्लेटिकोले क्वाटरफाइनल यात्रा सहज बनाएको थियो ।

मंगलबार राति भएको च्याम्पियन्स लिगको अन्तिम १६को अर्को खेलमा आयाक्सलाई १–० गोलको नतिजामा पराजित गर्दै बेन्फिका क्वाटरफाइनल प्रवेश गरेको छ ।  पहिलो लेग २–२ को बराबरीमा टुंगिएको हुनाले समग्रमा ३–२ को नतिजा निकाल्दै बेन्फिका अन्तिम आठमा पुगेको हो ।

राउन्ड अफ १६को बाँकी दुई खेलमा आज राति युभेन्टस र भिल्लारियल तथा चेल्सी र लोस्क भिड्दैछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर