सनराइज बैंकको स्वास्थ्य योजनमाा थप विशेषता – Nepal Press

सनराइज बैंकको स्वास्थ्य योजनमाा थप विशेषता

काठमाडौं । सनराइज बैंकले आफ्ना ग्राहकहरुलाई दिँदै आएका स्वास्थ्य बीमालाई परिमार्जन गरेको छ ।

बैंकले स्वास्थ्य बीमा अन्तरगत अस्पताल भर्ना र ओपीडी खर्चमा एक लाखसम्मको बीमा दिँदै आएकोमा वर्षमा तीन पटकसम्म दावी गर्न पाउने व्यवस्था गरेको छ ।

बैंकमा रकम बचत गर्दा ग्राहकहरुले बचत र ब्याज मात्रै नभएर ग्राहकको स्वास्थ्यमा केही समस्या आइपरेमा त्यसको उपचार गर्दा लाग्ने खर्च समेत पाउन सक्ने बैंकले जनाएको छ ।

२०७४ साल चैत्र १ गतेदेखि सनराइज बैंकले आफ्ना सबै बचत खातामा उक्त स्वास्थ्य योजना दिदै आएको छ । यो वर्ष त्यसलाई परिमार्जन गरी थप सुविधा दिने बैंकले जनाएको छ ।

यस्तै ५ लाखसम्म दुर्घटना बीमा पनि दिइएको छ । पहिले नेपाल र भारतका १५ वटा अस्पतालमा गरिएको उपचारमा मात्र बीमा दिँदै आएकोमा यस वर्ष देखि नेपाल लगायत भारतका ७० वटा अस्पतालमा उपचार गराउँदाको खर्च समेत स्वास्थ्य योजना अन्र्तगत दाबी गर्न सकिनेछ ।

साथै नारीहरुलाई बचत गर्न उत्प्रेरणा र उनीहरुको स्वास्थ्य सुरक्षामा साथ दिने उद्देश्य स्वरुप बैंकले नारी बचत खाता भएका महिलाहरुलाई ५ लाखसम्मको घातक रोग खर्च दिने भएको छ ।

महिलाहरुमा हुन सक्ने पाठेघर क्यान्सर, स्तन क्यान्सर, मुटु रोग आदि सहितका १८ घातक रोगहरुलाई यसले समेट्ने छ ।

हालसम्म सनराइज बैंकले १३९ वटा शाखा, ८७ वटा शाखारहित बैंकिङ्ग सेवा, १३ वटा एक्सटेन्सन काउण्टर र १५९ वटा ए।टि।एम मार्फत आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *