यू-१८ महिला साफ च्याम्पियनसिपः उद्घाटन खेलमा भारतको सामना गर्दै नेपाल – Nepal Press

यू-१८ महिला साफ च्याम्पियनसिपः उद्घाटन खेलमा भारतको सामना गर्दै नेपाल

काठमाडौं । यू–१८ महिला साफ च्याम्पियनसिपमा नेपालले उद्घाटन खेलमा आज आयोजक भारतसँग प्रतिस्पर्धा गर्दैछ ।

भारतको जम्सेदपुरस्थित जेआरडी टाटा स्पोर्टस कम्प्लेक्समा हुने खेल नेपाली समय अनुसार साँझ ७ः१५ बजे सुरु हुनेछ ।

नेपाल, भारत र बंगलादेश गरी तीन देशको सहभागिता रहेको खेल डबल राउन्ड रोबिन पद्दतीमा आयोजना हुनेछ । समूह चरणको खेल सकिँदा शिर्ष स्थानमा रहने टोली च्याम्पियन बन्नेछ ।

सन् २०१८ देखि सुरु भएको यो प्रतियोगिताको तेस्रो संस्करण हो। नेपाल पहिलो संस्करणमा सेमिफाइनलबाट बाहिरिएको थियो । यस्तै, दोस्रो संस्करणमा समूह चरणबाटै बाहिरिएको थियो ।

यसअघिका दुवै संस्करणमा बंगलादेश च्याम्पियन बनेको थियो । नेपाली टोली मुख्य प्रशिक्षक भक्तराज लावत र सिनियर टोलीबाट प्रतिनिधित्व गरिसकेकी प्रिती राईको कप्तानीमा मैदान उत्रिदैँ छ ।

नेपालले दोस्रो खेलमा चैत्र तीन गते बंगलादेश, पाँच गते भारत र ६ गते बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर