म्यानचेस्टर सिटी क्रिष्टल प्यालेससंग बराबरीमा रोकियो – Nepal Press

म्यानचेस्टर सिटी क्रिष्टल प्यालेससंग बराबरीमा रोकियो

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा सोमबार राति भएको खेलमा लिग लिडर म्यानचेस्टर सिटी क्रिष्टल प्यालेससंग गोलरक्षक बराबरी खेल्न बाध्य भएको छ । अंक बाढेसंगै सिटीले दोस्रो स्थानको लिभरपुलसंग दूरी बढाउने अवसर गुमाएको छ ।

प्यालेसको मैदानमा भएको खेलमा सिटीले अधिकांश समय बलमा पकड बनाएपनी फिनिसिङमा चुक्न पुग्यो । बराबरीपछि सिटीको २९ खेलबाट ७० अंक बनाएको छ । एक खेल कम खेलेको लिभरपुलको ६६ अंक छ । प्यालेस भने २९ अंक सहित ११औं स्थानमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर