‘वन पैदावार कुहिएर जाने तर प्रयोग गर्न नपाउने नीतिले अर्थतन्त्र संकटमा पर्दै गएको छ’ – Nepal Press

‘वन पैदावार कुहिएर जाने तर प्रयोग गर्न नपाउने नीतिले अर्थतन्त्र संकटमा पर्दै गएको छ’

रुपन्देही । वन पैदावार कुहिएर जाने तर प्रयोग गर्न नपाउने सरकारी नीतिले अर्थतन्त्र संकटमा पर्दै गएको भन्दै सरोकारवालाहरुले चिन्ता व्यक्त गरका छन् ।

सरकारले अनावश्यक नीति बनाएर प्रयोग गर्न मिल्ने वनलाई संरक्षणमुखी नीति लिएर रोकेका कारण काठमा आधारित उद्योग समस्यामा परेको यसका सरोकारवालाले बताएका हुन् ।

लुम्बिनीमा सम्पन्न नेपाल वन पैदावार उद्योग व्यवसायी महासंघको २२ औं साधारणसभामा बोल्ने सहभागीहरुले यस्तो बताएका हुन् ।

उनीहरुले वन क्षेत्रलाई राजस्वको दायरमा ल्याएर बढाउने सकिने भएपनि कर असुल्ने क्षेत्रका रुपमा सरकारले व्यवहार गरेको समेत बताए । सरकारले उद्योग व्यवसायमैत्री वातावरण बनाउन नीति तर्जुमा गरेको भएतापनि सो अनुरुपको कानुनी प्रक्रिया तथा कार्यक्रमहरुको निर्माणमा कन्जुस्याई गरेको उनीहरुको आरोप छ ।

महासंघका अध्यक्ष मन्जिल बाबु मास्केले काठमा आधारित उद्योगलाई नेपालमा भएको बनबाट ४ गुणा बढी कच्चा पद्धार्थ दिन सकिने भएपनि संरक्षण गर्ने नीतिकै कारण वन पैदावारमा परनिर्भरता हुनुपरेको बताए ।

वन पैदावारमा आधारित उद्योग व्यवसायले कृषि उत्पादनमा आधारित उद्योग व्यवसायसरहको न्यूनतम बातावरण प्राप्तसमेत व्यवसायीले गर्न नपाएको उनको दावी छ । उनले उद्योग तथा व्यवसायको प्रबद्र्धन गर्न निजी क्षेत्रको लगानी प्रोत्साहित गर्ने नीति आवश्यक रहेको बताए । महासंघका सल्लाहकार कपिलप्रसाद अधिकारीले वनपैदावारको सम्भावना भएको भएपनि रोजगार सृजना, जिडिपिमा योगदान गर्न नसकेको दुःखेसो गरे ।

महासंघका निवर्तमान अध्यक्ष श्यामसुन्दर ढकाल वन नियमावली उद्योगीहरुको हितमा आउनुपर्ने भएपनि आउन ढिलाई हुँदा उद्योग धरासायी भएको बताए । वन तथा वातावरण मन्त्रालयका सचिव डा. प्रेमनारायण कंडेलले बन्दै गरेको नियमावली धेरै वन उद्यमीहरुको सम्बोधन गर्ने दाी गरे ।

वन व्यवस्थापन नीति ल्याएर २ वर्षभित्र देशलाई आत्मनिर्भर बनाउने योजना रहेको उनको भनाइ छ । लुम्बिनी प्रदेश वन तथा भुसंरक्षण मन्त्रालयका सचिव दुर्गाबहादुर कार्कीले उद्यम र ब्यवसायीमैत्री वन नियमावली तयार भएको भन्दै चैत मसान्तसम्म पारित हुने बताए ।

लुम्बिनी प्रदेश वन ब्यवस्थापन महाशाखाका प्रमुख नारायण भट्टराईले वनलाई प्रकृति सम्पदाका रुपमा व्याख्या गरिँदा नै अहिलेको अवस्था आइपरेको भन्दै वनलाई श्रोतका रुपमा व्याख्या गरिनुपर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *