खुर्सानीको धुलो आँखामा छर्केर व्यापारीसँग सुन लुटपाट – Nepal Press

खुर्सानीको धुलो आँखामा छर्केर व्यापारीसँग सुन लुटपाट

काठमाडौं । चाबहिलस्थित ओम शाही टन्च सेन्टर सुन पसलका सञ्चालक साँझ पसल बन्द गरेर घर फर्कन लाग्दा लुटिएका छन् ।

लुटेरा समूहले सुन व्यवसायी ३४ वर्षीय अमोल भास्लेलाई आँखामा खुर्सानीको धुलो छर्केर लुटेको काठमाडौं प्रहरी परिसरले जनाएको छ । फागुन २५ गते राति साढे ९ बजेतिरको उक्त घटनामा संलग्न भएको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा दाङको सौडियार गाउँपालिका-६ स्थायी घर भइ काठमाडौंको शान्तिनगर बस्दै आएका १८ वर्षीय महेश विश्वकर्मा र दाङको घोराहीका २४ वर्षीय राजेन्द्र सिन रहेका छन् ।

प्रहरीका अनुसार लुटेरा समूहले भोस्लेको साथमा रहेको ४२ तोला सुन र १२ लाख रुपैयाँ लुटेर भागेका थिए । महेशको साथबाट घटनामा प्रयोग भएको मोटरसाइकल र ६६ हजार रुपैयाँ बरामद भएको छ । यस्तै राजेन्द्रको साथबाट घटनामा प्रयोग भएको मोटरसाइकल, २ सय ६१ ग्राम सुन र एक लाख रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *