राप्रपामा राजेन्द्र लिङ्देनको सय दिन- पार्टीप्रति आकर्षण र नेतृत्वमाथि भरोसा – Nepal Press
विचार

राप्रपामा राजेन्द्र लिङ्देनको सय दिन- पार्टीप्रति आकर्षण र नेतृत्वमाथि भरोसा

अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा हामी इतिहास निर्माणको दिशामा निरन्तर र अविचलितरूपमा अघि बढिरहेका छौं ।

सय दिन पुगेको यस सुखद अवसरमा पार्टीका नेताहरू, स्वदेश, विदेशमा रहनुभएका पार्टीका विभिन्न तहका सदस्य साथीहरू, शुभेच्छुक, शुभचिन्तक सबैमा राष्ट्रवादी अभिवादन एवं हार्दिक शुभकामना व्यक्त गर्दछु ।

महाधिवेशन सकिएको र नयाँ नेतृत्वको रूपमा राजेन्द्र लिङ्देन निर्वाचित हुनुभएको सय दिन पुग्दै गर्दा यसबीचमा पार्टीले दर्जनौं ठूला, मझौला र साना सभाहरू गरिसकेको छ । धेरै जिल्लामा हुने सभाका लागि मिति तोकिएका छन् भने कैयन् जिल्ला र क्षेत्रहरूमा सभा गर्न बैठक र छलफल चलिरहेका छन् । पार्टीका संरचनाहरू चलायमान छन् । प्रदेशका विस्तारित बैठकहरू सम्पन्न भएका छन् ।

गतिशील पार्टीमा उतारचढावहरू आउँछन्, उज्यालो मात्रै खोजेर पनि पाइँदैन । संसदीय परम्परामा प्रतिपक्षले समेत सरकारलाई सय दिन (चलनचल्तीमा ‘हनिमुन पिरियड’ भनिन्छ ) असहयोग र आलोचना गर्दैन तर राप्रपाको महाधिवेशन सकिएको र नयाँ नेतृत्व चयन भएको पन्ध्र मिनेट नपुग्दै आरोप र दोषारोपणको श्रृंखला सुरू भयो ।

आमसभाका क्रममा हजारौं र साना साना पार्टी प्रवेशका क्रममा सयौं व्यक्तिहरू राप्रपामा प्रवेश गरिरहेका छन् भने हाम्रो नेपाल हामी नेपाली अभियान, नेपालका लागि नेपाली अभियानको अधिकांश हिस्सा, मिसन नेपाललगायतका समूहहरू संस्थागतरूपमै राप्रपामा समाहित भइसकेका छन्, कैयन् व्यक्ति, समूह र दलहरूसँग एकता र सहकार्यका लागि संवाद चलिरहेको छ । विभिन्न धार्मिक संघसंस्था, धार्मिक गुरुहरू, सन्त महन्त र सिङ्गो धार्मिक क्षेत्रको आशिर्वाद, प्रेरणा र मार्गदर्शन प्राप्त भइरहेको मात्रै छैन पार्टीमा आबद्ध हुने क्रम पनि जारी छ ।

पछिल्लो समय राप्रपाप्रति आम युवाको समेत आकर्षण र संलग्नता बढेर गएको छ, युवाहरू स्वतस्फूर्त रूपमा पार्टी कार्यालय खोज्दै आएर प्रवेश गरेका कैयन् उदाहरणहरू छन् । राप्रपामा युवा छैनन् बूढापाका मात्रै छन् भनेर हामीमाथि लाग्दै आएको आरोप यतिबेला खण्डित भएको छ । हालै सम्पन्न महाधिवेशनमा भएको पुस्तान्तरण र नेतृत्वको रूपान्तरण पछि मात्रै यो सम्भव भएको भन्दा अतिशयोक्ति नहोला ।

राप्रपामा नेतृत्व परिवर्तनको बेला भएको थिएन भन्ने अहिले पनि कतिपयलाई लाग्न सक्छ, तर हामीले राजनीतिक जोखिम लिएर यो बाटो तय नगरिएको भए आज राप्रपा पुरानो अवस्थामा पनि रहँदैन थियो । कतिले यो सत्यलाई अझै पनि पचाउन सकिरहेका छैनन् । नयाँ व्यक्तिको प्रवेश नहुने र पुरानाले छोड्दै जाने अवस्थाको निरन्तरताले पार्टीको भविष्य समाप्त हुने र पार्टीमा उर्वर समय व्यतीत गरिरहेकाहरूको जीवन मात्रै खेर जान्थ्यो । अझै पनि कोही अलमल र द्विविधामा नपरुन् भनेर विनम्र निवेदन गर्दछु ।

गतिशील पार्टीमा उतारचढावहरू आउँछन्, उज्यालो मात्रै खोजेर पनि पाइँदैन । संसदीय परम्परामा प्रतिपक्षले समेत सरकारलाई सय दिन (चलनचल्तीमा ‘हनिमुन पिरियड’ भनिन्छ ) असहयोग र आलोचना गर्दैन तर राप्रपाको महाधिवेशन सकिएको र नयाँ नेतृत्व चयन भएको पन्ध्र मिनेट नपुग्दै आरोप र दोषारोपणको श्रृंखला सुरू भयो । हामीले आस्था राख्ने संस्थालाई विवादित तुल्याउने काम समेत गरियो । पार्टी सञ्चालनका क्रममा पुरानो नेतृत्व र स्थापित संरचनाको असहयोग अनपेक्षित थिएन, त्यस्तै भयो । नेतृत्व नयाँ, सचिवालय नयाँ, कर्मचारीको टिम नयाँबाट शुरु गरिएको यात्रा आज सय दिनसम्म आइपुग्दा आन्तरिक व्यवस्थापनका कतिपय पाटाहरू अझै पूर्ण बनिसकेका छैनन्, बन्दैछ र बन्ने क्रममा छ ।

राप्रपामा नेतृत्व परिवर्तन समयको माग थियो । पछिल्ला उभारहरूले पनि यो कुराको पुष्टि गरिरहेको छ । कमल थापा जसले यतिखेर अलग बाटो तय गर्नुभएको छ उहाँले पनि समयको पदचापलाई बुझ्नुपर्थ्यो । समयको मागलाई नजरअन्दाज गर्दा उहाँ आज आफ्नै कारणले पार्टीबाट अलग हुनुपरेको छ, यो कसैका लागि प्रिय कुरा थिएन । लामो समय उहाँलाई साथ दिएर हिडेको व्यक्तिको रूपमा उहाँको अहित कहिल्यै सोचिएन भन्ने लाग्छ । महाधिवेशनको केही दिनअघि उहाँले स्टेप डाउन गर्नुपर्छ, राजेन्द्र लिङ्देनको पक्षमा माहौल छ, अध्यक्ष पदमा दुईजना मात्रै प्रत्यक्ष भिड्न हुँदैन, यो प्रत्युत्पादक र राजनीतिक भूल हुनेछ भन्ने सन्देश पनि विभिन्न माध्यमबाट प्रेषित गरिएको हो ।

राजेन्द्र लिङ्देनसँग चुनाव लड्ने उहाँ स्वयंको मनसाय पनि थिएन भन्ने लाग्छ तर त्यस्तो के बाध्यता आइपर्‍यो, उहाँ स्वयंलाई थाहा हुने कुरा भयो । महाधिवेशनमा दुइजनाबीच नै अध्यक्ष पदमा प्रतिस्पर्धा भयो । परिणाम सबैको सामुन्ने छ । निर्वाचनको परिणामलाई सहजरूपमा स्वीकार नगर्नु र परिणामको दोष सम्मानित व्यक्ति र संस्थामाथि थोपर्नु उहाँको अर्को भूल थियो । यो अब इतिहासको विषय भइसकेको छ । उहाँसमेत भएर नेपालको राष्ट्रवादी आन्दोलनलाई उचाइ प्रदान गर्दा र पार्टीको आकार बढ्दा व्यक्तिगतरूपमा उहाँ समेत गौरवान्वित हुन सक्नुहुन्थ्यो किनकि राप्रपा निर्माणमा उहाँको भूमिका छ । यसबाहेक उहाँमाथि लाग्ने गरेका आरोपलाई गलत साबित गर्ने हाम्रो चाहना भने अधुरै भो, यो भार अब हामीले बोक्नु परेन ।

हामी यतिबेला इतिहासको अग्नीपरीक्षामा छौं, सामुन्ने निर्वाचनहरू छन् । पार्टीको अभियानहरूले सिङ्गो देश तरंगित भएको छ, तरंगबाट पैदा भएका सकारात्मक ऊर्जालाई ग्रहण गर्दै शक्तिमा रूपान्तरण गर्नु हाम्रो मुख्य चुनौती हो । हाम्रा राजनीतिक कार्यभारहरू बाँकी छन् । राजासहितको प्रजातन्त्र, हिन्दू राष्ट्रको पुनःस्थापना, संघीयता खारेज गरी सुदृढ स्थानीय तह बनाउने हाम्रो मुख्य कार्यभार हुन् ।

समयको पदचाप नबुझ्ने र समयको बहावसँग हिँड्न नसक्नेहरू छुट्छन्, छुट्दै जान्छन् । व्यक्तिका हठ, दम्भ र स्वेच्छाचारीताको असर सम्बन्धहरूमा पर्छन् । विचार प्रधानभन्दा व्यक्तिप्रधान ठान्दा अहिल्यै पनि लामो समय संगत गरेका र धेरै राम्रो सम्बन्ध भएका नेताहरू, मित्रहरूसँग बाटो अलग भएको छ । भावुक भएर काम छैन, राजनीति भावनाले नचल्ने रहेछ !

हामी यतिबेला इतिहासको अग्नीपरीक्षामा छौं, सामुन्ने निर्वाचनहरू छन् । पार्टीको अभियानहरूले सिङ्गो देश तरंगित भएको छ, तरंगबाट पैदा भएका सकारात्मक ऊर्जालाई ग्रहण गर्दै शक्तिमा रूपान्तरण गर्नु हाम्रो मुख्य चुनौती हो । हाम्रा राजनीतिक कार्यभारहरू बाँकी छन् । राजासहितको प्रजातन्त्र, हिन्दू राष्ट्रको पुनःस्थापना, संघीयता खारेज गरी सुदृढ स्थानीय तह बनाउने हाम्रो मुख्य कार्यभार हुन् ।

राजसंस्था र हिन्दूराष्ट्रको धरातलमा सुशासनको माध्यमबाट समृद्ध नेपाल निर्माण गर्ने हाम्रो सपना हो, यो सपनालाई यथार्थमा परिणत गर्न राप्रपालाई सबल, सक्षम र बलियो बनाउनुपर्छ । बलियो राप्रपाबाट मात्रै देशको राजनीतिक, आर्थिक र सामाजिक रूपान्तरण सम्भव हुनेछ । रूपान्तरणका लागि आन्तरिक एकता, एकताको बलमा संगठन, संगठनको तागतमा शक्ति आर्जन, शक्ति आर्जन गर्दै राष्ट्रको नेतृत्व असम्भव छैन । हामी सबैको साझा प्रयासबाट असम्भवलाई सम्भव तुल्याउनै पर्छ । इतिहासले हामीलाई सुम्पेको मुख्य कार्यभार यही हो ।

प्रतिक्रिया

One thought on “राप्रपामा राजेन्द्र लिङ्देनको सय दिन- पार्टीप्रति आकर्षण र नेतृत्वमाथि भरोसा

  1. राप्रपा मा राजेन्द्र लिङ्देल को उदय सङगै , जनता ले खोजेको बिकल्प को रुपमा उदय भएको पार्टी भनेर गौरब गर्न पाएका छन , त्यसमा अझ भ्रष्टाचार बिरोधि अभियान मा आफ्नो राम्रो स्ट्याड हासिल गरेर जनमत पनि उत्पात हासिल गरिसकेर असली राजेन्द्र लिङ्देल लाई पहिचान गरि राप्रपा मा प्रबेश गर्नु भएका ज्ञानेन्द्र शाही को कारण राप्रपा मा जनता प्रती अदम्य आशा भरोसा जागेको छ र त्यसरी नै जनलहर पनि प्रत्येक्ष देखिएको छ , तर बिडम्बना अहिले सम्म अरु राजनीति दल ले सत्ता को लागि छिमेकी देश सङ्ग झुकेर फेस गरेकोले देश को हालत यस्तो भयो , छिमेकी देश ले हेपिरनी , थिचिरनी गर्दै नेपाल को बिकास हुन नसकेको कुरा पनि बिदितै छ ,भोलि हाम्रो देश लाई पनि युक्रेन जस्तै झेल्न पर्ने हो कि ? तेतिबेला को अस्त्र के अपनाएर फेस गर्ने , अहिले त हतियार नै ठूलो रैछ भन्ने नजिर भैसक्यो अब तपाईं हरु ले फेस गर्न पर्छ , परराष्ट्र नीति मा पनि भिजन हुनुपर्छ , त्यसप्रती पनि चुनौती धेरै छन , चुनौती नै चुनौती छन सामना गर्दै अगाडि बड्नुहोस शुभकामना छ !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर