निर्माण व्यवसायी महासंघको अध्यक्षमा सिंह निर्वाचित – Nepal Press

निर्माण व्यवसायी महासंघको अध्यक्षमा सिंह निर्वाचित

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघको अध्यक्षमा रवि सिंह निर्वाचित भएका छन् । महासंघको १२ औं महाधिवेशनमाबाट सिंह अध्यक्षमा निर्वाचित भएका हुन् ।

आइतबार सम्पन्न निर्वाचनबाट कांग्रेसनिकट सिंहले ८०७ मत ल्याएका थिए । पाण्डेले ३३७ र कोइरालाले ३२ मत मात्रै प्राप्त गरे ।
अध्यक्षका लागि सिंहसहित निकोलस पाण्डे र हुमनाथ कोइराला प्रतिस्पर्धामा थिए।  यसअघि पनि सिंह नै अध्यक्ष भएका थिए ।

महासंघको वरष्ठि उपाध्यक्षमा आङ दोर्जी लामा विजयी भएका छन् । यस्तै उपाध्यक्षहरु प्रदेश १ मा मोहन प्रसाद अधिकारी, मधेस प्रदेशमा
शम्भु ठाकुर, बागमती प्रदेशमा बालकृष्ण थापा, लुम्बिनी प्रदेशमा टोप बहादुर रायमाझी, कर्णाली प्रदेशमा रत्न ब खड्का, सुदूरपश्चिम प्रदेशमा
प्रकाश सेठी निविराेध भएका छन् ।

महासचिवमा रोशन दाहाल,  उपमहासचिब नितिगतमा शिबहरी घिमिरे, उपमहासचिब आन्तरिकमा नरहरि थपलिया, कोषाध्यक्षमा
हिरान कुमार श्रेष्ठ  र  सह-कोषाध्यक्षमा सन्तोष शाह निविराेध भएका छन् ।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *