सहज जितसँगै बार्सिलोना तेस्रो स्थानमा उक्लियो – Nepal Press

सहज जितसँगै बार्सिलोना तेस्रो स्थानमा उक्लियो

काठमाडौं। स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले फराकिलो जित निकालेको छ । आइतबार राति भएको खेलमा बार्सिलोनाले ओसासुनालाई ४-० गोल अन्तरले हराएको हो ।

ओसासुनाविरुद्ध ४-० अन्तरको सानदार जित निकाल्दै स्पेनिस ला लिगा क्लब बार्सिलोना तेस्रो स्थानमा उक्लिएको छ । क्याम्प नोउमा भएको खेलमा बार्सिलोनालाई जिताउन फेरान टोरेसले दुई पिएरे इमरिक औवामियाङ र रिकी पुङले समान एक गोल गरे ।

खेलको १४औं मिनेटमा फेरान टोरेसले पेनाल्टीमा बार्सिलोनालाई अग्रता दिलाए । २१औं मिनेटमा टोरेसले व्यक्तिगत दोस्रो गोल गरे । २७औं मिनेटमा औवामियाङले तेस्रो गोल गरे ।

पहिलो हाफमा तीन गोल गरेको क्याटलान क्लब बार्सिलोनाले दोस्रो हाफमा थप एक गोल गर्‍यो । ७५औं मिनेटमा रिकीले गोल गर्दै ४(० को सहज जित दिलाए ।

जितसँगै बार्सिलोना २७ खेलबाट ५१ अंक सहित तेस्रो स्थानमा उक्लिएको छ । समान ५१ अंक भएपनि एक खेल बढी खेलेको एट्लेटिको म्याड्रिड चौथो स्थानमा छ । पराजित ओसासुना २८ खेलबाट ३५ अंक जोडेर ११औं स्थानमा छ ।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर