टीभीएस रेडर १२५ ले जित्याे इण्डियन मोटरसाइकल अफ दि इयरकाे उपाधि – Nepal Press

टीभीएस रेडर १२५ ले जित्याे इण्डियन मोटरसाइकल अफ दि इयरकाे उपाधि

काठमाडौं । प्रतिष्ठित भारतीय अवार्ड, इण्डियन मोटरसाइकल अफ दि इयर (आईएमओटीवाई)को उपाधि टीभीएस रेडर १२५ले जितेको छ ।टीभीएस रेडर १२५, आफ्नो आकर्षक डिजाइन, अत्याधुनिक प्रविधि, इन्धन मितब्ययीता, उत्कृष्ट कार्य सम्पादन क्षमता र भारतीय महाद्विपीय सवारी अवस्थाहरुमा स्थिरताका लागि परिचित छ ।

कार्यक्रममा टीभीएस रेडारले मनोनयनमा परेका अन्य ५ कडा प्रतिस्पर्धी मोटरसाइकललाई पछि पार्दै उपाधि हात पारेको हो । इण्डियन मोटरसाइकल अफ दि इयर (आईएमओटीवाई) उपाधिको छनोट तथा घोषणाका लागि फिनालेमा १४ सदस्यिय निर्णायक मण्डलको गठन गरिएको थियो ।

निर्णायक मण्डलका सदस्यहरुमा अटो टूडेका एसोसिएट एडिटर राहुल घोष, अटो टूडेका सिनियर स्पेशल करेस्पोन्डेन्ट दिप्यन दत्ता, अटोएक्सका रोड टेष्ट एडिटर शिवांक भट्ट लगायत सम्मिलित रहेका थिए ।

इंडिया टुडे उल्लेखित लेखद्वारा ‘निर्णायक मण्डलीका सदस्यहरुको विशेषज्ञाले पूर्ण प्रमाणिकरण प्रदान गर्ने हुँदा आईएमओटीवाई सवारी साधन उद्योगमै सर्वाधिक प्रतिष्ठित अवार्डका रुपमा स्थापित छ ।

‘टीभीएस रेडरलाई यस्तो प्रतिष्ठित अवार्डद्वारा सम्मानित गरिँदा हामी निकै गौरवान्वित छौँ । यसका श्रेय हामी समग्र टीभीएस मोटर्सको टिम लगायत टीभीएस रेडारलाई मायाँ गर्नुहुने समग्र उपभोक्तालाई दिन चाहान्छौँ’, अवार्ड समारोहमा उपाधि ग्रहण गर्दै टीभीएस मोटर्सका वरिष्ठ उपाध्यक्ष मार्केटिंग अनिरुढ हल्दारले भने ।

यस वर्ष टीभीएस रेडरले भारतीय बजारको दुई पांग्रे सवारी साधनको श्रेणीमै सर्वाधिक विक्रीसहित अग्रता हात पार्न सफल भएको छ ।

मितब्ययी मूल्यमा अत्याधुनिक फिचर सुसज्जित टीभीएस रेडरले नेपालमा पनि उत्तिकै लोकप्रियता पाइरहेको छ । जगदम्बा मोटर्सद्वारा सन् २०२१को नोवेम्बरमा सार्वजनिक गरिएको यो बाइक युवाहरु माझ अत्यधिक लोकप्रिय छ र नेपालमा पनि उल्लेखनिय संख्यामा विक्रि भइरहेको छ ।

टीभीएस रेडर १२५मा आकर्षक मस्कुलर लुक्सका साथमा एड्जस्टेवल मोनोशक सस्पेन्सन, यूएसबी चार्जिंग, अन्डर सिट स्टोरेज र फराकिलो टायर लगायत विशेषताहरु उपलब्ध रहेका छन् । साथै, यसमा रहेका आकर्षक नयाँ एलईडी हेडलाइट, एंगुलर एलईडी डीआरएलहरु तथा फेन्डर अप फ्रण्टले समग्र बाइकको लुक्सलाई अझ आकर्षण प्रदान गरेको छ ।

१ सय २४ दशमलव ८ सीसी, सिंगल सिलिन्डर, एयर आयल कुल्ड एसआई कार्बुरेटर ईञ्जिनद्वारा शक्ति प्रदान गरिएको यसले ७५०० आरपीएममा १२.९ पीएस शक्ति उत्पादन गर्ने र ६ हजार आरपीएममा ११.५ एनएम अधिकतम टर्क उत्पादन गर्ने क्षमता बोकेको छ ।

बजारमा उपलब्ध अधिकांश १ सय ५० सीसीका मोटरसाइकलमा हाल सम्म पनि २ भल्भ इञ्जिनको प्रयोग भइ रहँदा यो बाइक भने ३ भल्भ इञ्जिनका साथमा बजारमा उपलब्ध गरिएको छ यो मोटरसाइकलले शुन्यदेखि ६० किलो मिटर प्रति घण्टाको गति जम्मा ५.९ सेकेण्डमा प्राप्त गर्ने क्षमता बोकेको छ ।

भारतीय बजारमा आईएमओटीवाई अवार्डद्वारा सम्मानित यो बाइक नेपाल भर रहेका टीभीएस शोरुमहरु मार्फत सहजै उपलब्ध रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *