उद्योग वाणिज्य संघ चितनवको सदस्यका लागि महादिप श्रेष्ठको उम्मेदवारी – Nepal Press

उद्योग वाणिज्य संघ चितनवको सदस्यका लागि महादिप श्रेष्ठको उम्मेदवारी

चितवन । उद्योग वाणिज्य संघ चितवनको वाणिज्यतर्फको सदस्यका लागि युवा व्यवसायी महादिप श्रेष्ठले उम्मेदवारी दिएका छन् ।

उद्योग वाणिज्य संघ चितवनको यस पटकको अधिवेशनमा श्रेष्ठ सबैभन्दा कान्छो उम्मेदवारका रुपमा देखा परेका छन् ।

माडी–१ बरुवाका स्थायी घर भएका श्रेष्ठ अहिले भरतपुरलाई कार्यक्षेत्र बनाएर व्यवसायीयक क्षेत्रमा सक्रिय छन् । ३१ वर्षका श्रेष्ठ १८ वर्षको उमेरदेखि व्यवसायमा लागेका हुन् ।

उद्योग वाणिज्य संघमा बसेर युवा व्यवसायीका मुद्धा उठाउनका लागि पनि सबैको साथ पाउने विश्वास गरेको र व्यवसायिक हकहितका लागि आफु निरन्तर सक्रिय हुने श्रेष्ठको भनाई छ ।

उनले नेपाल प्रेससँग भने, ‘युवा व्यवसायीको प्रतिनिधित्व गरेर उम्मेदवार बनेको छु । पक्कै पनि सबै जनाले मलाई साथ दिनुहुनेछ भन्ने आशा गरेको छु । त्यसैले सबैसँग मलाई विजयी गराउनका लागि पनि आग्रह गर्दछु ।’

युवा उम्मेदवार श्रेष्ठका बुबा विश्वमित्र श्रेष्ठ पनि माडीमा कपडा, हार्डवेयर, रेमिट्यान्स, एग्रोभेट, भाँडा पसलका चर्चित व्यवसायी हुन् ।

वाणिज्यतर्फ ६ जनाका लागि १० जना चुनावी मैदानमा छन् । मतदान फागुन ३० गते उद्योग वाणिज्य संघ नारायणगढमा हुँदैछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *