हेटौंडा सिमेन्ट उद्योगको महाप्रबन्धकमा उम्मेदवारी दिएकामध्ये १२ जना अन्तरवार्ताका लागि छनौट (सूचीसहित) – Nepal Press

हेटौंडा सिमेन्ट उद्योगको महाप्रबन्धकमा उम्मेदवारी दिएकामध्ये १२ जना अन्तरवार्ताका लागि छनौट (सूचीसहित)

काठमाडौं । हेटौंडा सिमेन्ट उद्योगको महाप्रबन्धक पदका लागि उम्मेदवारी दिएकामध्येबाट १२ जना अन्तरवार्ताका लागि छनौट भएका छन् । महाप्रवन्धक छनौट समितिको बुधबार बसेको बैठकले उम्मदेवारी परकोमध्ये १२ जनाको उम्मेदवारी स्वीकृत गरेर अन्तर्वार्तामा बोलाउने निर्णय भएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको हो ।

समितिले उदयकुमार गुप्ता, कुमार खड्का, कृष्णप्रसाद यादव, घनश्याम न्यौपाने, दिनेशकुमार यादवलाई अन्तर्वार्ताका लागि छनोट गरेको छ । यस्तै नवीनकुमार कर्ण, बसन्तकुमार पाण्डे, भरत रेग्मी, भुपेन्द्रप्रसाद अर्याल, राजकुमार चौधरी, राम किसुन गिरी र सन्तोषकुमार तामाङ पनि अन्तर्वार्ताका लागि छनोट भएका छन् ।

छनौट भएका उम्मेदवारको प्रस्तुतीकरण तथा अन्तर्वार्ताको समय तालिका पछि सार्वजनिक गरिने उद्याेग मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *