१३ लाख पुरस्कार राशीको दोस्रो ‘आङ छिरिङ्ग शेर्पा मेमोरयिल गल्फ टुर्नामेन्ट हुने’ – Nepal Press

१३ लाख पुरस्कार राशीको दोस्रो ‘आङ छिरिङ्ग शेर्पा मेमोरयिल गल्फ टुर्नामेन्ट हुने’

काठमाडौं । पर्यटन व्यवसायी एवम् यती समूहका प्रबन्ध निर्देशक स्वर्गीय आङ छिरिङ शेर्पाको स्मृतिमा ‘आङ छिरिङ्ग शेर्पा मेमोरयिल गल्फ टुर्नामेन्ट’ हुने भएको छ ।

यती एअरलाइन्सको आयोजनामा स्वर्गीय शेर्पाको तेस्रो वार्षिक स्मृति दिवसको अवसरमा दोस्रोपटक आगामी मार्च ११ र १२ (फागुन २७ र २८) गते गोकर्ण गल्फ क्लबमा दुई दिने गल्फ प्रतियोगिता हुन लागेको हो ।

स्व. शेर्पाको तेस्रो स्मृतिमा हुन लागेको उक्त प्रतियोगितामा देशभरका १८० खेलाडीले भाग लिने यती एअरलाइन्सका प्रवक्ता एवम् हवाई सुरक्षा प्रमुख सुदर्शन बर्तौलाले जानकारी दिए ।

‘पर्यटन व्यवसायी स्व. शेर्पाले नेपालमा गल्फमार्फत पर्यटन क्षेत्रमा गरेको थालनी, लगानी र योगदानलाई स्मरण गर्दै उक्त प्रतियोगिता आयोजना गर्न लागेका हौँ, उहाँ आफै पनि एक कुशल गल्फ खेलाडी हुनुहुन्थ्यो,’ प्रवक्ता बर्तौलाले भने ।

गतवर्ष फागुन २१ र २२ गते पहिलो गल्फ प्रतियोगिता भएको थियो । प्रत्येक वर्ष आङछिरिङ शेर्पाको स्मृतिमा गल्फ टुर्नामेन्ट हुने यस अघि नै यती एअरलाइन्सले घोषणा गरिसकेको छ ।

उक्त प्रतियोगितामा रजिस्टे«शन शुल्कमार्फत् संकलन भएको रकम सोही समय मै गैरनाफामुखी एवम् समाजसेवा गरिरहेको संस्थालाई हस्तान्तरण गरिने यती एअरलाइन्सले घोषणा गरेको छ ।

प्रतियोगितामा विजेता र रनरअप, उत्कृष्ट ग्रस र रनरअप, महिला तर्फको बिजेता र रनरअप, भेट्रान तर्फका बिजेता, जुनियर तर्फका बिजेता, लङ्गेस्ट ड्राइभ, उत्कृष्ट बडिज र क्लोजेष्ट टु पिन गरी मुख्य ११ वटा विधामा पुरस्कारको व्यवस्था गरिएको छ ।

प्रतियोगिताको मुख्य विजेताले ट्रफीका साथै हेलिकप्टर राइडसँग रु ३ लाख धनराशी बराबरको ट्राभल प्याकेज जित्नेछ ।

अन्य विजेताहरुले यती गु्रपकै सञ्चालमा रहेको विभिन्न कम्पनी तथा रिसोर्टहरु तथा निकटका संस्थाहरुले प्रायोजन गरेको विशेष ट्राभल प्याकेज प्राप्त गर्नेछन् । सम्पूर्ण विधामा गरी करिब १३ लाख मुल्य बराबरको पुरस्कार वितरण हुनेछ ।

उक्त प्रतियोगितामा यती एअरलाइन्स, तारा एअर, हिमालय एअरलाइन्स, एल्टिच्युट एअर, यती माउन्टेन होम, मोक्ष मुस्ताङ्ग रिसोर्ट, गोकर्ण फरेस्ट रिसोर्ट, गुण एअरलाइन्स, कसरा रिसोर्ट र केर एण्ड डाउनी जस्ता प्रायोजक पार्टनर रहेका छन् ।

नेपालको पर्यटन विकास, प्रवर्द्धन तथा हवाई क्षेत्रको विकासमा निकै महत्वपूर्ण योगदान दिएका स्व। शेर्पाको यस क्षेत्रमा छुट्टै पहिचान छ ।

यती समूहका प्रवन्ध निर्देशक शेर्पाको २०७५ फागुन १५ गते ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा परेर तत्कालिन संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारी सहितको टोलीमा निधन भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर