रेखा थापाकाे कटाक्षः चोक-चाेक र गल्ली-गल्लीमा न्यायाधीश र वकिल जन्मिए, अब अदालतको के काम ? – Nepal Press

रेखा थापाकाे कटाक्षः चोक-चाेक र गल्ली-गल्लीमा न्यायाधीश र वकिल जन्मिए, अब अदालतको के काम ?

‘हामी सतीप्रथामै छौं कि जस्तो महसुस भएको छ’

काठमाडौं । अभिनेत्री रेखा थापाले नबालिग गायिकाको पक्षमा आफूले बोल्दा समाजबाट दुत्कार सहनुपरेको गुनासो गरेकी छन् । यतिबेला आफूलाई सतीप्रथामै छौं कि जस्तो आभास भएको उनले बताइन् ।

महिला दिवसका सन्दर्भमा आयोजित एक सडक बहस कार्यक्रममा रेखाले बोलेकी थिइन् । अहिलेको प्रकरणलाई जोड्दै उनले चोकचोकमा र गल्लीगल्लीमा न्यायाधीश र वकिलहरु जन्मिरहेको बताइन् ।

‘अब अदालतको काम के त ? हिम्मत छ भने अदालत बन्द गराइदिनुस्,’ रेखाले चुनौती दिइन् ।

उनले थपिन्, ‘त्यो नाबालिका हाम्रो समाजको दायित्व हो र उसलाई संरक्षण गर्नुपर्छ भन्दा मलाई ‘हार्दिक श्रद्धाञ्जली’ लेखियो । हामी त अझै सतीप्रथामा छौं कि क्याहो जस्तो महुसस भयो मलाई त । महिलालाई तिमीहरू सहेर बस, तिमीहरू नै खराब भन्ने खालको सोच देखियो । जसलाई हिंसा परेर बाहिर निस्केको हुन्छ, त्यै खराब भन्ने होला त ? चेतनाको स्तर कहिले बढ्छ हाम्रो ? महिलालाई श्रृंगारिक वस्तुको रूपमा मात्रै प्रस्तुत गरेर हुन्छ त ? हामी नडराउँ । म नेताको विरुद्धमा पनि जान सक्छु यदि गलत छ भने ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *