कालो पहिरनमा रिहानाको बेबी-बम्प – Nepal Press

कालो पहिरनमा रिहानाको बेबी-बम्प

काठमाडौं । अमेरिकी गायिका रिहानाको गर्भावस्थाको शैली यतिखेर चर्चामा छ । यसैसाता पेरिस फेसन विकअन्तर्गत डायोर अटम विन्टर २०२२ मा शोमा उनी छुट्टै लुक्समा सार्वजनिक भइन् ।

पेरिस फेसन वीकमा फेसन स्टेटमेन्ट बनेकी रिहानाको आगमनले प्रशंसकलाई चकित नै बनाएको छ ।

उनी पेट देखिने पारदर्शी कालो पहिरनमा त्यहाँ पुगेकी थिइन् । रिहानाले रनवे शोमा ब्ल्याक लिंगेरी, लेदर क्याप र सुहाउने लेदर बुट लगाएकी थिइन् । सिल्भर ज्वेलरी र चेन नेकलेसले उनको लुक्सलाई आकर्षित गरेको । पूर्ण कालो पोशाकमा उनले आफ्नो बेबी बम्प प्रदर्शन गरिन् ।

उनको बेबी-बम्प विश्वभर चर्चाको विषय नै बनेको छ । रिहानाले गत महिना लस एन्जलसमा गर्भवती हुँदा फेसनसँग खेल्न रमाइलो भए पनि चुनौती पनि भएको बताइन् ।

उनले भनिन्, ‘ मलाई यो मनपर्छ । मलाई अलि मोटो महसुस भए पनि यो मेरो बच्चा हो । मेरो पेट छोप्ने चिन्ता लिनुभन्दा पनि मैले इन्जोय गरेकी छु ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *