मेक्सिकोको शीर्ष डिभिजन फुटबलमा समर्थकबीच झगडा हुँदा कम्तिमा २२ घाइते
नेपाल प्रेस
२०७८ फागुन २२ गते १७:५८
मेक्सिको सिटी । मेक्सिकोको शीर्ष डिभिजन फुटबलमा समर्थकबीच झगडा हुँदा कम्तिमा २२ जना घाइते भएका छन् ।
क्वारेतारो र एटलासबीच खेल भइरहेका बेला दुई टोलीका समर्थकबीच झगडा भएको थियो । हानाहान हुँदा २ जना गम्भिर घाइते भएका छन् ।
गम्भीर घाइते दुईसहित ९ जनालाई उपचारका लागि अस्पताल लगिएको मेक्सिकन अधिकारीलाई उदृत गर्दै बीबीसीले जनाएको छ ।
झगडाका कारण ६३ मिनेटपछि खेल रोकिएको थियो । त्यतिबेलासम्म भ्रमणकारी टोली एट्लास १—० गोलले अगाडि रहेको थियो । झगडाको कारण खुल्न नसकेको बताइएको छ ।
प्रतिक्रिया