आईएमईकाे ‘होस्टेमा हैंसे’ अफर – Nepal Press

आईएमईकाे ‘होस्टेमा हैंसे’ अफर

काठमाडौँ । आईएमईले बैंक डिपोजिटलाई लक्षित गरि ‘होस्टेमा हैंसे’ अफर सार्वजनिक गरेको छ । सेवाग्राही उक्त अफर फागुन १७ देखि चैत्र १७ (तद्नुसार मार्च १ देखि मार्च ३१, २०२२ सम्म) एक महिनासम्म कायम रहुनेछ ।

‘होस्टेमा हैंसे’ भन्ने मुल नाराका साथ तयार पारिएको उक्त अफर काठमाडौँ पानीपोखरीस्थित आईएमई केन्द्रीय कार्यालयमा सार्वजनिक गरिएको हो ।

अफरअन्तर्गत नेपाल भरी जुनसुकै बैंक तथा वित्तीय संस्था, सहकारी संस्था तथा आईएमई पे वालेट खातामा सिधै रकम पठाउन सकिन्छ । अफर अवधिमा हरेक दिन पाँच जनालाई १ हजार, हरेक हप्ता दुईजना भाग्यशाली सेवाग्राहीहरुलाई २५ हजार तथा बम्परमा एकजना भाग्यशाली सेवाग्राहीलाई १ लाख ५० हजार रकम पुरस्कार स्वरूप प्रदान गरिनेछ ।

अफर सार्वजनिक कार्यक्रममा आईएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले होस्टेमा हैंसे अफर आम सेवाग्राहीहरूले आइएमईप्रतिको निरन्तर विश्वासको परिणाम भएको बताए ।

अफर अवधिमा भाग्यशाली विजेता छनौटका लागि कम्पनीले निश्चित सेवा र शर्तहरू निर्धारण गरेको छ । सेवा र शर्तहरू अनुसार भाग्यशाली विजेताको छनौट प्रविधिमा आधारित ‘लक्की ड्र’ मार्फत गरिनेछ । विदेशबाट नेपाल र नेपालभित्र बैंक डिपोजिट गर्ने सबै आइएमई ग्राहकहरू यस अफरमा सहभागी हुन योग्य हुनेछन् ।

आइएमईका संस्थापक, आइएमई ग्रुपमा कार्यरत कर्मचारीहरू, आइएमईका व्यवसायीक साझेदार (एजेन्ट पार्टनर) तथा आइएमई सम्बद्ध कुनै पनि व्यक्ति यो योजनामा सहभागी हुन पाउने छैनन् । सेवाग्राहीहरुले आइएमईको जुनसुकै एजेन्ट सञ्जालमार्फत रेमिटेन्स कारोबार गरेको भौचरको सक्कलप्रती योजना घोषणा अवधिसम्म सुरक्षित राख्नुपर्नेछ ।

छनोटमा परेका विजेताको सिफारिसमा नेपालमा बस्ने आफन्तलाई पुरस्कार रकम प्रदान गर्न सकिनेछ । योजनाको सर्वाधिकार सम्बन्धित कम्पनीमा नै निहित रहनेछ । योजनाको अध्यावधिक जानकारी कम्पनीले संचालन गरेको आधिकारिक वेभ पेज, सामाजिक संजाल पेज, आमसञ्चार माध्यम, सहकार्यमा रहेका व्यवसायिक साझेदार (एजेन्ट पार्टनर), क्षेत्रीय सम्पर्क कार्यालय र केन्द्रीय कार्यालय मार्फत सार्वजनिक गरिनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *