रुसले युक्रेनमाथी आक्रमण गरेको भन्दै च्याम्पियन्स लिगको फाइनल पेरिसमा सारियो
नेपाल प्रेस
२०७८ फागुन १३ गते १८:४६
पेरिस । युरोपियन च्याम्पियन्स लिग फुटबलको फाइनल रुसको मस्कोबाट फ्रान्सको पेरिस सारिएको छ ।
युरोपियन फुटबल महासंघ (यूईएफए) ले रुसले युक्रेनमा आक्रमण गरेको विरोधमा च्याम्पियन्स लिगको फाइनल पेरिसमा गर्ने निर्णय गरेको हो ।
युरोपियन च्याम्पियन्स लिगको यो सिजनको फाइनल आगामी मे २८ तारिखमा रुसको सेन्ट पिटर्सबर्गमा गर्ने तालिका थियो ।
प्रतिक्रिया