कुशलको पाचौँ टी-२० अन्तर्राष्ट्रिय अर्धसतक – Nepal Press

कुशलको पाचौँ टी-२० अन्तर्राष्ट्रिय अर्धसतक

काठमाडौं । नेपाली क्रिकेट टोलीका प्रारम्भिक ब्याट्सम्यान कुशल भुर्तेलले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा पाचौँ अर्धसतक बनाएका छन्।

ओमानमा जारी आईसिसी टी-२० विश्वकप क्रिकेट छनोटअन्तर्गत तेस्रो स्थानका लागि भइरहेको खेलमा नेपालले ओमानविरुद्ध ८८ रनको लक्ष्य पछ्याइरहेका बेला भुर्तेल ५० रनमा खेल्दैछन्।

कुशलले ११ टी-२० अन्तर्राष्ट्रिय खेलमा एक सतक र ५ अर्धसतक बनाएका छन्। नेपालले १३ ओभरमा एक विकेट गुमाएर ७५ रन जोडेको छ।

टस जितेर पहिला ब्याटिङ रोजेको ओमान ८७ रनमा सिमित भएको थियो। ओमानले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर मात्र ८७ रन जोड्न सक्यो।

नेपालका सन्दीप लामिछानेले ३, अविनाश बोहरा, आरिफ शेख, सागर ढकाल र कमलसिंह ऐरीले एक-एक विकेट लिए। सन्दीपले चार ओभरमा १३ रन खर्चिए।

सेमिफाइनलमा पराजित भएका दुवै टोली तेस्रो स्थानका लागि भिडेका हुन्। अन्तिम चारमा नेपालले यूएई र ओमानले आयरल्यान्डसँग हार ब्यहोरेपछि विश्वकपमा छनोट हुन असफल भएका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर