३१८ जना कोभिड बिरामी थपिँदा १ जनाको मृत्यु – Nepal Press

३१८ जना कोभिड बिरामी थपिँदा १ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा बिहीबार देशभर ३१८ जनामा कोरोनाभाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयले दिएको विवरणअनुसार पीसीआर परीक्षणबाट १५१ जना र एन्टीजेन परीक्षणबाट १६७ जना संक्रमित थपिएका हुन्।

२४ घण्टामा पीसीआर ५ हजार ५०८ र २२३५ एन्टिजेन गरी ७ हजार ७४३ कोराना परीक्षण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

सोही अवधिमा ५६२ जना कोरोनामुक्त भएका छन् भने कोरोनाबाट १ जनाको मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार अहिले देशभर सक्रिय संक्रमितको संख्या ९ हजार ६७८ रहेको छ ।

गत २४ घण्टामा १ लाख १५ हजार ४०६ जनाले कोभिडविरुद्धको खोप लगाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *