अनुशाको उत्कृष्ट प्रदर्शनमा लामा टेन्डी शेर्पा स्मृति बास्केटबलको उपाधि पुलिसलाई – Nepal Press

अनुशाको उत्कृष्ट प्रदर्शनमा लामा टेन्डी शेर्पा स्मृति बास्केटबलको उपाधि पुलिसलाई

काठमाडौं । अनुशा मल्लको उत्कृष्ट प्रदर्शनप्रेरित रोयल बास्केटबल एकेडेमीलाई हराउँदै नेपाल पुलिस क्लबले लामा टेन्डी शेर्पा स्मृति बास्केटबल प्रतियोगिताको उपाधि जितेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा विहीबार भएको फाइनल खेलमा पुलिसलाई उपाधि जिताउन अनुशाले सर्वाधिक १९ स्कोर गरिन् । राउन्ड रोविन पद्दतिमा भएको खेलमा अपराजित रहँदै दुवै टोली पुलिस र रोयल फाइनलमा पुगेका थिए ।

पहिलो क्वार्टरमा ८-८ स्कोरको बराबरी खेलेको पुलिस दोस्रो क्वाटरमा १५-२० स्कोरले रोयलभन्दा पछि रह्यो । तेस्रो क्वाटरमा १४-११ स्कोर गरेको पुलिसले चौथो क्वाटरमा १०-१५ को स्कोर बनायो ।

दुवै टोलीले चार क्वाटरमा समान दुई क्वाटर आफ्नो पक्षमा पारे पनी अन्तिममा सबै क्वाटरको स्कोर जोड्दा पुलिसले रोयललाई ५२-४९ स्कोरले पछि पार्दै उपाधि जित्यो ।

फागुन दुई गतेदेखि सुरू भएको प्रतियोगितामा महिलातर्फ पाँच र पुरुषतर्फ १३ टोलीको सहभागिता थियो ।

अजै हुने पुरुषतर्फको फाइनलमा रोयल बास्केटबल एकेडेमी र त्रिभुवन आर्मी क्लब भिड्दैछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर