ऊर्जा क्षेत्रको सहकार्यका लागि नेपाल-भारत सचिवस्तरीय बैठक सुरू – Nepal Press

ऊर्जा क्षेत्रको सहकार्यका लागि नेपाल-भारत सचिवस्तरीय बैठक सुरू

काठमाडौं । ऊर्जा क्षेत्रको विकास र सहकार्यका लागि नेपाल र भारतबीच दुई देशीय सचिवस्तरीय बैठक सुरु भएको छ ।

बिहीबार काठमाडौंमा सुरु भएको दुई दिने बैठकमा नेपाल र भारत सरकारबीच उर्जा क्षेत्रको सहकार्यका लागि सचिवस्तरीय छलफल सुरु भएको हो ।

संयुक्त कार्य समूह (जेडब्ल्यूजी) र संयुक्त सञ्चालन समिति (जेएससी) बीचको छलफलमा नेपालको तर्फबाट उर्जा, जलश्रोत तथा सिंचाई सचिव देवेन्द्र कार्की र सागर कुमार राई सहभागी थिए भने भारतको तर्फबाट भारत सरकारका उर्जा सचिव ओलोक कुमार र नेपालस्थित भारतीय राजदुतावासकी मिसन उपप्रमुख नामग्या खाम्पा सहभागी थिइन् ।

आजबाट सुरु भएको सचिवस्तरीय बैठकमा नेपाल र भारतको ऊर्जा क्षेत्रको सहकार्यका लागि छलफल हुनेछ । आजबाट सुरु भएको बैठक भोलि (शुक्रवार) सम्म चल्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *