पल शाह अभिनित ‘म यस्तो गीत गाउँछु’ को प्रिमियर आज, के होला व्यापार ? – Nepal Press

पल शाह अभिनित ‘म यस्तो गीत गाउँछु’ को प्रिमियर आज, के होला व्यापार ?

काठमाडौं । नायक पल शाहका लागि आजको दिनमा नमिठो संयोग परेको छ । उनीविरुद्द जबरजस्ती करणीमा जाहेरी परेको दिन उनको नयाँ चलचित्रको प्रिमियर हुँदैछ । कीर्तिपुरको एउटा हलमा बेलुकी ६ बजे ‘म यस्तो गीत गाउँछु २’ को प्रिमियर राखिएको हो ।

फिल्मको प्रिमियर हुनुभन्दा करिब एक घन्टा अघि सञ्चारमाध्यममा पलमाथि एक गायिकाले जाहेरी दिएको समाचार छ्याप्छ्याप्ति भएका छन् । यसले प्रिमियर कार्यक्रम खल्लो त हुने नै छ, चलचित्रको व्यापार पनि सन्देहमा परेको छ ।

सुदर्शन थापा र पुजा शर्माद्वारा निर्मित म यस्तो गीत गाउँछु २ मा पल शाह मुख्य भूमिकामा छन् । नायक नै गम्भीर अपराधका आरोपि भएपछि चलचित्र हेर्न दर्शक आउलान् त भन्ने सन्देहमा परेको छ निर्माण पक्ष । यो चलचित्र कोरोनाका कारण २ वर्ष रोकिएको थियो । कोरोनाको दोस्रो लहर सकिएर हलहरु खुलेसँगै आगामी १३ गते फिल्म रिलिजको मिति तोकिएको छ ।

यस चलचित्रमा पल शाहको जोडीका रुपमा निर्मात्री पुजा स्वयम्ले अभिनय गरेकी छन् । चलचित्रको पब्लिसिटीका लागि निकै खटिएका थिए । निर्माण पक्षका अनुसार २ वर्ष अगाडि नै फिल्मको पब्लिसिटीका लागि ५० लाख खर्च भइसकेको थियो । तर, समयमा रिलिज हुन नसक्दा ठूलो आर्थिक क्षति भयो ।

यस चलचित्रले हलमा दर्शक फर्काउन सक्छ वा सक्दैन भन्नेमा सिंगो चलचित्र जगतले चासोका साथ हेरिरहेको थियो । यसअघि भारतीय चलचित्रहरुमा दर्शकको भिड लागे पनि कोरोनापश्चात नेपाली चलचित्र क्षेत्र भने बौरित सकेको छैन ।

प्रतिक्रिया

One thought on “पल शाह अभिनित ‘म यस्तो गीत गाउँछु’ को प्रिमियर आज, के होला व्यापार ?

  1. पललाई जे भए पनि पूजा र सुदर्शनले हैरानी भोग्नु पर्ने भो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *