गाडीमा समेत दुर्व्यवहार गरेका थिए पलले ! यस्तो छ जाहेरी – Nepal Press

गाडीमा समेत दुर्व्यवहार गरेका थिए पलले ! यस्तो छ जाहेरी

काठमाडौं । कास्की घर भएकी गायिका दाङ घर भएका नायक पल शाह विरुद्द जाहेरी दिन तनहुँ किन पुगिन् ? धेरैले चासो व्यक्त गरिरहेका छन् ।

ती गायिकाले प्रहरीमा दिएको जाहेरीमा उल्लेखित विवरण अनुसार अन्तिमपटक घटना भएको स्थान तनहुँ भएकाले उनी त्यहाँ पुगेकी हुन् । याे जाहेरी उनले गत माघमा जिल्ला प्रहरी कार्यालय कास्कीमा दर्ता गर्न खाेजेकी थिइन् । तर त्यसबेला प्रहरीले घटनास्थल तनहु भएकाले त्यहीँ जान भनेकाे थियाे ।

त्यही बेलाकाे जाहेरीलाई सामान्य  संसोधन गरेर आज उनले बुझाएकी हुन् । जाहेरीमा उल्लेख भए अनुसार पल र ती गायिकाको पहिलो भेट २०७७ सालमा असोज २२ गते काठमाडौंमा पिपलु वर भन्ने बोलको गीतको भिडियो सुटिङका क्रममा भएको थियो । त्यसपश्चात फेसबुक आइडी र फोन नम्बर आदानप्रदान भयो ।

पहिलो भेटपश्चात नै पलले ती गायिकालाई बनावटी माया दर्शाउने गरेको जाहेरीमा उल्लेख छ । म्युजिक भिडियोहरुमा सँगै का मगर्ने क्रममा पोखरा, चितवन, बाग्लुङ, तनहुँ लगायतका स्थानमा सुटिङ सकेर राति होटलहरुमा बास बस्ने क्रममा पटक–पटक करणी गर्न खोजेको तर सफल हुन नसकेको उनको दावी छ ।

गाडीमा एउटै सिटमा यात्रा गर्दा समेत संवेदनशील अंगमा चलाउने कार्य गरेको पनि जाहेरीमा जनाइएको छ । जाहेरीका अनुसार गत वैशाख १४ गते तनहुँको शुक्लागण्डकी नगरपालिका ४ दुलेगौंडा स्थित पलको चिजानको व्यक्ति प्रदीप थापाको घरमा उनीहरु बास बसेका थिए । त्यस क्रममा राति १२ बजे उनको कोठामा छिरेर विवाहको विश्वास दिलाएर जबर्जस्ति करणी गरेका थिए । त्यसपछि पनि विभिन्न स्थानमा पटक–पटक जबरजस्ति गरेको जाहेरीमा उल्लेख छ ।

प्रतिक्रिया

One thought on “गाडीमा समेत दुर्व्यवहार गरेका थिए पलले ! यस्तो छ जाहेरी

Leave a Reply

Your email address will not be published. Required fields are marked *