नेशनल लाईफ इन्स्योरेन्स ३५औं वर्षमा प्रवेश – Nepal Press

नेशनल लाईफ इन्स्योरेन्स ३५औं वर्षमा प्रवेश

काठमाडौं। नेशनल लाईफ इन्स्योरेन्स कम्पनी आज ३४ औं वर्ष पुरा गरी ३ औं वर्षमा प्रवेश गरेको छ । कम्पनीले आफ्नो ३५ औं वार्षिक उत्सव विभिन्न कार्यक्रमहरु आयोजना गरी मनाएको छ ।

कम्पनीको केन्द्रीय कार्यालय लाजिम्पाटमा रक्तदान कार्यक्रम संचालन गरिएको छ । जस्मा ५० भन्दा बढी कम्पनी कर्मचारीहरुको सहभागिता रहेको थियो । देशभरमा ३४ वटा बृद्ध आश्रमहरुमा खाना खुवाएको छ ।

नेपालको अग्रणी जीवन बीमा कम्पनीको रुपमा स्थापित यो कम्पनीले विगत वर्ष सरह चालु वर्षमा राम्रो ब्यवसायिक प्रगति गरेको छ । यहि आर्थिक वर्षको मुनाफावाट कम्पनीले सेयरधनीहरुलाई १९ प्रतिशत बोनस सेयर र एक प्रतिशत कर प्रयोजनको लागि नगद लाभांश दिने प्रस्ताव आगामी साधारण सभामा गरिसकेको छ ।

कम्पनीको जीवन बीमा कोषमा ५० अर्ब रुपैयाँको हाराहरीमा रकम जम्मा भएको छ । कम्पनीले चुक्ता पूँजी ३ अर्ब ३९ करोड रुपैयाँ रहेको छ । प्रस्तावित बोनस सेयर वितरण पछि कम्पनीको चुक्ता पूँजी ४ अर्ब ३ करोड रुपैयाँ पुग्नेछ । कम्पनीले आर्थिक वर्ष २०७६÷०७७ मा आफ्ना बीमितलाई उत्कृष्ट बोनस दर दिन सफल भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *