संकटालाई हराउँदै आर्मी दोस्रो स्थानमा उक्लियो – Nepal Press

संकटालाई हराउँदै आर्मी दोस्रो स्थानमा उक्लियो

काठमाडौं । संकटा क्लबलाई ३–१ गोलको नतिजामा पराजित गर्दै त्रिभुवन आर्मी क्लब सहिद स्मारक ए डिभिजन लिग तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।

मंगलबार दशरथ रंगशालामा भएको दोस्रो खेलमा आर्मीलाई जित दिलाउन सन्तोष तामाङ, जर्ज प्रिन्स कार्की र टेक बहादृुर बुढाथोकीले गोल गरे ।

संकटाका लागि उत्तम राईले सान्त्वना गोल गरे ।

खेलको १५औं मिनेटमा उत्तमले गोल गर्दै संकटालाई अग्रता दिलाएका थिए । पहिलो हाफमा अग्रता बनाएको संकटा दोस्रो हाफमा आर्मीसामु निरिह बन्यो ।

आर्मीका लागि सन्तोषले खेलको ६०औं मिनेटमा बराबरी गोल फर्काए । जर्ज प्रिन्स कार्कीले ७४औं मिनेटमा गोल गर्दै आर्मीलाई अग्रता दिलाए । खेलको ८६औं मिनेटमा सब्सट्यिुट खेलाडी टेकबहादुर बुढाथोकीले गोल गर्दै आर्मीको जित सुनिश्चित गरे ।

जितसँगै आर्मी १२ खेलबाट २२ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । पराजित संकटा समान खेलबाट १५ अंकसहित तालिकाको सातौं स्थानमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर